Home » निर्वाचन » Page 10
Category:

निर्वाचन

निर्वाचन आयोगले छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा राजनीतिक दलको नाम र मत चिन्ह उल्लेख नगरी उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने बताएको छ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको निःशुल्क कल सेन्टरमा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएको हो।
निर्वाचन आयोग भन्छ, “निर्वाचन आचारसंहिता बमोजिम छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न पाइँदैन।”

निर्वाचन आयोगका अनुसार,  गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार …

छठघाटको प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानून तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना ( कालो सुचीमा रहेका १ जना र लाभको पदमा रहेका १ जना) गरी कूल जम्मा ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम निर्धारण भई सो कार्यक्रम बमोजिम दलहरूबाट उम्मेदवारको बन्दसूची पेश भई सो बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझ गरी कानून बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटाउने …

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने …

निर्वाचनमा मतदाताले चार मतपत्रमा मत संकेत गर्नुपर्ने
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनको लागि राजनीतिक दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।
निर्देशन अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सदस्य पदको उम्मेदवारले १ (एक) वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण …

0 comment
0 FacebookTwitterEmail

नेकपा एमालेबाट विभाजित भएर बनेको दल नेकपा(एकिकृत समाजवादी)ले मंसिर ४ को निर्वाचनको लागि देशभरमा गठबन्धन दलहरूसँग माग अनुसारको सिट संख्या पाउन सकेन। पार्टी फुटाएर एमाले नेतृत्व सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको एसले उक्त जसलाई पूर्ण रुपमा निर्वाचनको उम्मेदवार सङ्ख्या परिणत गराउने कोशिशमा असफलमात्र भएन गठबन्धन दलका नेताहरूबीच सहमत भएर पाएको क्षेत्र पनि गुमाउन पुगेको छ।

असोज २२ गते गठबन्धन दलहरूबीचको क्षेत्र अन्तिम सहमति भएको सुची सार्वजनिक हुँदा नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा(एकिकृत समाजवादी)को भागमा परेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नुवाकोटमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएको बाहेक …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णयहरू गरेको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा २०७९ असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यमबाट सूचना प्राप्त भएकोले त्यसरी हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग …

0 comment
0 FacebookTwitterEmail

हामीले राजा फालेपछि, सैन्य तानाशाही अस्वीकार गरेपछि, र अन्य कुनै प्रकारको निरंकुशतन्त्रविरुद्ध खबरदारी गरिसकेपछि अब हाम्रा सामु एक आदर्श लोकतान्त्रिक परिपाटीको विकल्प छैन। हामीले जसलाई ‘प्रजातन्त्र’, ‘राष्ट्रिय प्रजातन्त्र’, ‘जनवाद’, ‘जनतन्त्र’, ‘नौलो जनवाद’, कसैले ‘२१ औं शताब्दीको जनवाद’, ‘जनताको बहुदलीय जनवाद’, ‘उदारवादी लोकतन्त्र’, वा ‘पुँजीवादी जनवाद’ भन्यौं, अझ त्यतिले नपुगेर ‘लोकतान्त्रिक समाजवाद’ वा ‘समाजवादी लोकतन्त्र’ भनेर भन्न थाल्यौँ। अझै पनि ‘राजा आउ देश बचाउ !’ भने पनि वा ‘साम्यवादको जादुको छडीले सारा समस्या चैट बनाउँछ’ भन्ने स्वप्निल मदमा आफूलाई भुलाए पनि यथार्थमा प्राप्त गर्नुपर्ने लोकतान्त्रिक परिपाटी नै हो। जजसले जेजे शब्दावलीबाट अभिव्यक्त गरे तापनि लोकतन्त्र फेरि पनि जनताद्वारा, जनताका लागि र …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले  विजयकुमार गच्छेदारविरुद्ध  नेकपा (एमाले) को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिनुभएकी भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा स्थानीय एक अनलाइनमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ। साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको कार्तिक ६ गते पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आसन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गर्नुभयो ।

आयुक्त भण्डारीले भन्नुभयो, ‘स्पष्टीकरण …

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ। निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै निर्वाचन आयोगले प्राप्तमध्येको उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले अनुसार, टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना tiktok@ecn.gov.np मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ। आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने छ। यसका लागि प्रतियोगीहरूले देहायका शर्तहरु पालना गर्नुपर्ने छ ।

निर्वाचन …

चुनावको टिकटक भिडियोमध्ये पाँच उत्कृष्टलाई ५० हजार रूपैयाँ पुरस्कार
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved