Home » निर्वाचन » Page 9
Category:

निर्वाचन

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न …

कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने
0 comment
0 FacebookTwitterEmail

पर्सा जिल्लाको पश्चिमी सीमावर्ती  निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रतिनिधि सभामा सत्ताधारी र प्रतिपक्षी गठबन्धनको तर्फबाट मात्र  उम्मेदवारी परेकाले पनि चुनावी  ध्रुविकरण दुई पक्षीय  बन्दै गएको हो। सत्ताधारी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेस प्रदेश इन्चार्ज रमेश रिजाल उम्मेदवारी दिनुभएको छ। उहाँको प्रतिद्वन्द्वी जसपा-एमालेको गठबन्धनबाट जालिम मिया चुनावी मैदानमा हुनुहुन्छ।

प्रतिनिधि सभाका दुबै प्रतिस्पर्धी उम्मेदवार एउटै गाउँपालिका जागरनाथपुरका  निवासी  हुनुहुन्छ। यस क्षेत्रमा पटक पटक सांसद बनेका रमेश रिजालसँग अपराध जगतका बाहुबलीको रुपमा स्थापित जालिम मियाको भिडन्त पहिलो पटक हुन लागेकाले पनि चुनावी मुद्दा दलगत, सिद्धान्त, विकास भन्दा पनि  उम्मेदवारको चरित्र र भ्रष्टाचारमा केन्द्रित भएको देखिएको

पर्सा ४: व्यक्तिको चरित्र र भ्रष्टाचार मुख्य चुनावी मुद्दा
0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र जारी गर्दै शिक्षा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने आफ्नो लक्ष्य  भएको बताएको  छ।  गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीव्रतर बदलिँदो अवस्था र प्रयोगलाई मनन गर्दै २१ औं शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न नेपाली कांग्रेस प्रतिबद्ध  भएको पनि जनाइएको छ।

नेपाली कांग्रेसले आर्थिक तथा सामजिक रूपान्तरणका लागि गुणस्तरीय शिक्षा अन्तरगत निम्न कार्य गर्ने जनाएको छ।

  • १५–२४ बर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशत
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा शनिबार धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताउनुभयो ।

निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र …

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज सार्वजनिक गरिएको घोषणा पत्रमा नेपाली कांग्रेसको समुन्नत नेपालको मार्गचित्र यसरी प्रस्तुत गरिएको छः

झन्डै ७५ वर्षअघि नेपाली कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै जननायक बी.पी. कोइरालाले लेख्नुभएको थियो: “हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहून; देशमा सडक, बाटोघाटो, अस्पताल लगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरूको अभाव नरहोस्; त्यस्तो (उत्तरदायी शासन) व्यवस्था ल्याउने प्रयत्नमा छौं।” समुन्नत नेपालको यही कालजयी कल्पनाको उन्नत स्परुप नै नेपाली कांग्रेसको अद्यावधिक विकास सोच हो। पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र जारी गर्दै  समावेशी लोकतन्त्रका पाँच ‘प’ मा आधारित मान्यता सार्वजनिक गरेको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्प प्रस्ताव भनेर सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा भनिएको छ, ” संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउदै समुन्नतिको मार्ग नै नेपाली कांग्रेस को अबको राजनीतिक कार्यदिशा हुने छ।”

समावेशी लोकतन्त्रका पाँच आधार शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ-  नेपाली कांग्रेस संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबैको …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्दै नेपाली जनताको आकांक्षा अनुसार ‘डेलिभरी’ गर्ने लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, सुधार र सुदृढीकरण नै नेपाली कांग्रेसको अबको प्रमुख राष्ट्रिय कार्यसूची भएको बताएको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्प प्रस्ताव भनेर सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुख्य नारा दिइएको छ।

समसामयिक राजनीति र राष्ट्रिय मुद्दाहरूका सम्बन्धमा उक्त सङ्कल्प प्रस्तावमा भनिएको छ- विगत पाँच वर्षको समीक्षा नेपाली कांग्रेसको नेतृत्वको सरकारले २०७४ मा संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको निर्वाचन सम्पन्न गरेपछि …

0 comment
0 FacebookTwitterEmail
  • २०७२ सालमा नै ६ वटा देशका हकमा लागू भएको ‘फ्रि भिसा फ्रि टिकट’ लाई मेनपावरको स्वार्थका लागि उल्टाउन प्रयास गर्ने नेताहरू अहिले त्यही नारा दिएर मतदाता मूर्ख बनाउन खोजिरहेका छन्।
  • वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्कसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले श्रम गन्तव्य मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अवलम्बन गर्न सिफारिस गरेको थियो तर त्यो प्रतिवेदन दबाइयो।
  • यससम्बन्धी सर्वोच्चको आदेश समेत लत्याइएको छ।  
  • ६ वटा देशमा फ्रि–भिसा र फ्रि–टिकट लागू गर्ने निर्णयको  प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि २ हजार ७ सय ५० रोजगार पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेर २ अर्ब ७१
मतदाता मूर्ख बनाउन खोज्दै नेताः ‘फ्रि भिसा फ्रि टिकट’ को व्यवस्था सात वर्षदेखि लागू छ
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ। २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आयोगले यो साता ‘नो, नट अगेन’ नामका फेसबुक पेज र ग्रुपमा विभिन्न दलका शीर्ष नेताहरूलाई गालीगलौज गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न र नरोकिए  कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गरेपछि विवाद शुरू भएको हो। ‘नो, नट अगेन’ नामका तीन वटा पेज र …

मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अभिव्यक्तिको स्वतन्त्रता होइनः निर्वाचन आयोग
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ।

निर्वाचन आयोगका अनुसार, बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ । (उक्त सूची आयोगको वेभसाइट https://election.gov.np/np/page/final-closed-list मा प्रकाशन गरिएको छ ।)
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved