नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको बताउनुभएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा फागुन ७ गतेदेखि सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको स्थापना, पुनःस्थापनाका लागि भएका शृङ्खलाबद्ध क्रान्ति, सङ्घर्ष आन्दोलनदेखि दशवर्षे सशस्त्रद्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा नेतृत्व प्रदान गरेको उल्लेख गर्नुभयो। “अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन्,” उहाँले भन्नुभयो।
नेपालको वर्तमान संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको उल्लेख …
