Home » नीति/राजनीति » Page 12
Category:

नीति/राजनीति

Rastriya Shava Election

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। माघ ११ गते बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी हुनुभएको छ।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो।…

Rastriya Shava Election
0 comment
0 FacebookTwitterEmail

भिजिट भिसामा विदेश जाने र उतै लुकेर बस्ने वा अलपत्र क्रम बढेपछि सरकारले भिजिट भिसाका नियमहरू फेरेको छ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले ६ बुँदे नयाँ व्यवस्था सहितको  ट्राभल एडभाइजरी जारी गरेको छ। आज बुधवार देखि लागू हुने गरी जारी गरिएको नयाँ नियम अनुसार अब भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी (पासपोर्ट) तथा गन्तव्य देशको भिसा र दुईतर्फी टिकट हुनुपर्नेछ।

विभागले हिजो मङ्गलवार भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदामा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको थियो।  जसअनुसार भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग …

0 comment
0 FacebookTwitterEmail

सरकारवादी मुद्दा रिट र निवेदनमा ६९ दशमलव १९ प्रतिशत सफलता प्राप्त भएको महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले माघ ९  गते आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या १४ हजार दुईसय ८९ रहेकामा दुई हजार नौ सय १४ थान फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ। फछ्र्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ४१ दशमलव २८ प्रतिशत रहेको उल्लेख छ।

उच्च सरकारी वकिल …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ।

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो रु एक करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गर्नुभयो।

“मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल शेयर’को अपेक्षा गरेको र गुडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन”, सो सम्बन्धमा उठेका जिज्ञाशाको जवाफ दिँदै उहाँले …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ। नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई माघ ८ गते पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताउनुभयो। नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो। ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताउनुभयो।

ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भन्नुभयो, “निरन्तर लाग्ने नेताहरू अवसरवाट वञ्चित हुन पर्दैन।” उहाँले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “अहिलेको …

0 comment
0 FacebookTwitterEmail

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले रु पाँच करोडभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो । सञ्चालक समितिले नेपाल सरकारबाट गठित जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगको विद्युत् लाइन सञ्चालन गराउन

0 comment
0 FacebookTwitterEmail

झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन।

विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तरार्द्ध पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन्। म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन्।

जिल्लाका ग्रामीण क्षेत्रसम्म …

0 comment
0 FacebookTwitterEmail

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले लगभग ४८ घण्टाको भ्रमण सम्पन्न गरी २० पुसमा स्वदेश फर्कनुभएको छ। भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उहाँ बिहीबार नेपाल आउनुभएको हो। बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो।

बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटाँै बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको प्रशंसा गरिएको थियो।

बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास …

0 comment
0 FacebookTwitterEmail

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै  सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो।  दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री  एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताउनुभएको छ। कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।”

शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो,  “भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved