Home » वातावरण/जलवायु » Page 30
Category:

वातावरण/जलवायु

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही मिति २०८० साल पुस १९ गते राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको ‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ प्रति नेपाल वातावरण पत्रकार समूह  (नेफेज)को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यविधिमा भएका व्यवस्थाले लामो समयदेखि स्थानीय समुदाय, आदिवासी/जनजाति, संरक्षण सम्बन्धी विभिन्न सरोकारवाला निकाय र व्यक्तिको ठुलो सङ्घर्ष तथा त्यागबाट प्राप्त उपलब्धि र संरक्षित क्षेत्रको भविष्य नै सङ्कटमा पर्नेमा कुरा नेफेजले बताएको छ।

नेफेजका अनुसार, कार्यविधिमा उल्लेखित केही प्रावधान नेपालले मानवअधिकार, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता संरक्षणलगायतका क्षेत्रमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता, हस्ताक्षर गरेका सन्धि, महासन्धि तथा अन्तर्राष्ट्रिय नियम कानुनको मर्म …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ। आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो।

कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो।

कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो।

अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै …

0 comment
0 FacebookTwitterEmail

पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ। आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो।

प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ। स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसेरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिनुभयो।

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो। उहाँका अनुसार लाटो कोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र …

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन्। निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ। गोविन्दे, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा त्रास बढाएको उहाँले बताउनुभयो।

“ध्रुवे माडी र जगतपुर क्षेत्रमा छ भने अन्य तीन हात्ती सौराहा क्षेत्रमा रहेका छन्”, तिवारीले भन्नुभयो, “सौराहा क्षेत्रमा हात्ती प्रजनन् केन्द्र खोरसोर क्षेत्र तथा पोथी हात्ती यहीँ क्षेत्रमा भएकाले तीन हात्तीलाई यस क्षेत्रमा केन्द्रीत गराएर राखिएको हो।”

निकुञ्जमा रहेका भाले हात्तीको …

0 comment
0 FacebookTwitterEmail

ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ। गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ।

खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ। “ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उहाँले भन्नुभयो।

डुडुवा–१ की निर्मला कोरीको अवस्था पनि उस्तै छ। “आफूसँग भएको जमिनमा रुखबिरुवा छैनन्, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा स¬ङ्कलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने …

0 comment
0 FacebookTwitterEmail

उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कलेज जान बिहान सधैँ झैँ घरबाट निस्किनुभयो। बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो। आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो।

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो। मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिनु हुन्छ। उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो। हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए। गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो। एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला

0 comment
0 FacebookTwitterEmail

वन्यजन्तुबाट पीडित नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दालाई माछाले ठुलै सहरा दिन थालेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।

माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का  किसान देवराज सुब्बाले बताउनुभयो । वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उहाँले बताउनुभयो । “यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछापोखरी बनेको छ”, उहाँले भन्नुभयो । माछापालनबाट आम्दानीसमेत राम्रो हुँद आएको उहाँले बताउनुभयो।

पहिले धानखेती …

0 comment
0 FacebookTwitterEmail

गएको मङ्सिर ५ गते झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ हात्तीको आक्रमणमा परी ज्यान गर्‍यो। स्थानीय हम्सेदुम्से  सामुदायिक वनमा दाउरा काट्न गएको बेला हात्तीले तामाङलाई आक्रमण गरेको थियो।

 

मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो। चार कोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको थियो।

मङ्सिर १८ गते बिहान लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गर्‍यो। मङ्सिर यता मात्र हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।

कोसी प्रदेशका झापा, मोरङ …

0 comment
0 FacebookTwitterEmail

जनस्वास्थ्य तथा वातावरणका दृष्टिकोणले अत्यन्त सकारात्मक निर्णय गर्दै काठमाडौँ महानगरपालिकाले आज बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ।

यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो। कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो।

कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको प्रवक्ता मानन्धरले जानकारी दिनुधयो। उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको …

0 comment
0 FacebookTwitterEmail

नेपालमा जलवायु परिवर्तनको नकारात्मक असरबाट जलविद्युत् परियोजनाहरूलाई कसरी जोगाउने भनेर खासै छलफल भएको छैन। यसका लागि दिगो र स्थायी मापदण्डसहितको कार्यदिशा चाहिएको छ।

हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स (एचएसए) का नायव कार्यकारी निर्देशक एलियन किलाजिनले जलवायु परिवर्तनको बदलिँदो अवस्थामा दिगो मापदण्डमा जानु अनिवार्य भइसकेको बताउनुभयो। उहाँले विश्वका विभिन्न देशमा जलवायु परिवर्तनले पारेको प्रभावको उदाहरण दिँदै दिगोपनका मापदण्ड पूरा गर्दा त्यसले वातावरण, समाज र सुशासनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।

उहाँ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको ‘जलविद्युत् दिगोपन मापदण्डको व्यावसायिक मूल्य’ विषयक कार्यकारी नेतृत्व विकास कार्यशालामा बोल्दै हुनुहुन्थ्यो।

डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधी सिग्देलले नेपालमा जलवायू कोष,

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved