नेपालमा जलवायु परिवर्तनको नकारात्मक असरबाट जलविद्युत् परियोजनाहरूलाई कसरी जोगाउने भनेर खासै छलफल भएको छैन। यसका लागि दिगो र स्थायी मापदण्डसहितको कार्यदिशा चाहिएको छ।
हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स (एचएसए) का नायव कार्यकारी निर्देशक एलियन किलाजिनले जलवायु परिवर्तनको बदलिँदो अवस्थामा दिगो मापदण्डमा जानु अनिवार्य भइसकेको बताउनुभयो। उहाँले विश्वका विभिन्न देशमा जलवायु परिवर्तनले पारेको प्रभावको उदाहरण दिँदै दिगोपनका मापदण्ड पूरा गर्दा त्यसले वातावरण, समाज र सुशासनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।
उहाँ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको ‘जलविद्युत् दिगोपन मापदण्डको व्यावसायिक मूल्य’ विषयक कार्यकारी नेतृत्व विकास कार्यशालामा बोल्दै हुनुहुन्थ्यो।
डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधी सिग्देलले नेपालमा जलवायू कोष, …
