सङ्घीय संसद्का दुवै सदन–प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक यही माघ १८ गते सुरु भइसकेका छन् । २०७९ सालको आमनिर्वाचनपछिको सङ्घीय संसद्को पाँचौँ अधिवेशन हो । यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा हेरिएको छ । पहिलेदेखि संसद्का दुवै सदनमा रहेका, यसबीचमा प्रस्तुत भएका अध्यादेशहरु र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा विचाराधीनसमेत गरी झन्डै पाँच दर्जन कानुन बन्ने क्रममा देखिन्छन् । अधिवेशनको पहिलो दिन नै छवटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।
स्मरणीय छ, अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ । छ महिनाभित्रैमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ
