विश्वका भाषा सम्बन्धी आधिकारिक जानकारी प्रदान गर्ने वेबसाइट एथनोलग (२०२३) का अनुसार संसारमा अभिलेख भएका भाषाहरू जम्मा ७ हजार ६०८ छन् । जसमा बोलीचालीमा रहेका भाषाहरू जम्मा ७ हजार १६८ छन् ।
जीवन्त भाषाहरूमा पनि संस्थागत, स्थिर, जोखिममा परेका, र लोप भइसकेका गरी विभिन्न वर्गहरूका भाषालाई बाँडेर हेर्न सकिन्छ । हालसम्म जानकारीमा भएका मध्ये ४५१ भाषाहरू लोप भइसकेका छन् । जोखिममा परेका भाषाहरू पनि क्रमशः लोप हुँदै जाने खतरामा रहेका छन् ।
विभिन्न भाषिक परिवारमा विभक्त यी भाषाहरूमा भारोपेली परिवार अन्तरगत जम्मा ४५५ भाषाहरू रहेका छन् । संस्कृत र नेपाली यसै परिवार अन्तरगतका भाषा हुन् । यसरी भारोपेली परिवार अन्तर्गत …