ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय सरकारका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन्। ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन्।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमीसम्बन्धी कार्यक्रममा उहाँहरूले त्यस्तो बताउनुभएको हो।
कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ। उहाँले विपद्को समयमा खोज, राहत तथा उद्दार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्यगर्ने नीतिका साथ …
