Home » समाज » Page 28
Category:

समाज

सिनेमा १: ग्रेटर नेपाल सेन्सरपास भयो। छिमेकी राष्ट्र भारतले हाम्रो देशको सिमाना मिचेको र इतिहासमा गुमेको भूभाग जो हाल भारतमा छ, त्यो फिर्ता लिन सकिने आधारहरूको तथ्यगत प्रस्तुती भएको वृत्तचित्र हाम्रो सेन्सरबोर्डले एक दृश्य पनि नकाटी सेन्सर पास गर्नु भनेको नेपाली सेन्सरसिपको इतिहासमा अकल्पनिय घटना थियो। नत्र छिमेकी मुलुकसँगैको सम्बन्धलाई असर पार्ने भन्दै कैंची चलाइहाल्थ्यो। उक्त क्रान्तिकारी घटना ६२/६३ को जनआन्दोलन पछिको परिवर्तनलाई अनुभूति गराउने किसिमको थियो।

सिनेमा २: कथानक चलचित्र ‘दासढुङ्गा’लाई सेन्सरले थुप्रै दृश्य र संवाद हटाउन आदेश दियो। मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना भइ मृत्यु भएको रहस्यमयी घटनामाथि प्रकाशित रिर्पोट, समाचार, अन्तर्वार्ता र …

सेन्सरसिप होसियार
0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही १३ चैतमा कुसुमखोलाका १० परिवार सुकुम्बासीका झुपडीमा लगाएको आगोमा आआफ्नै रोटी सेक्ने काममा लागेका छन्, माडी नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका पदाधिकारी, जनजातिको राजनीति गर्नेहरू।तर त्यहाँ बस्न बाध्य भएका र पारिएका अतिसिमान्तकृत चेपाङलगायतका मानिसहरूको समस्याको स्थायी समाधान गर्ने तथा संरक्षण क्षेत्रसँगको द्वन्द्व कम गर्ने तर्फ कोही पनि गम्भीर छैन। किनकी यतिबेला चुनाव लागेको छ र कुसुमखोलाजस्ता ठाउँमा बस्ने बाध्यता भएकाहरू फगत मतदाता मात्रा हुन।

माडी नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने कुसुमखोला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। त्यहाँ धादिङ, मकवानपुर लगायतका ठाउँबाट चेपाङलगायतका समुदायका मानिशहरू आएर जंगल फाँडेर बसोबास गरेका थिए।

२०५२ बाट सुरू …

कुसुमखोला: भोटको राजनीतिमा पिल्सिएकाहरू
0 comment
0 FacebookTwitterEmail

प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ।  यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ।

टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका  मामिला बढेको छ। यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको छ।

यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्ट्रेट, लिङ्ग, तथा टेस्टिकल्समा इनफेक्शन भएको २ हप्ता पछि सार्स-सीओवी-२ भाइरसका …

पुरुषको यौन स्वास्थ्यमा कोभिड-१९ गम्भीर प्रभाव
0 comment
0 FacebookTwitterEmail

तपाईँ जुत्ता लगाएर घरभित्र पस्नुहुन्छ की ? वा घरबाहिर नै खोल्ने चलन छ? सामान्यत हामीकहाँ -(हिमाली क्षेत्रमा बाहेक) घरबाहिर नै जुत्ता खोल्ने चलन छ तर पश्चिमि देशहरूमा भने घरभीत्र जुत्ता लगाएर घुम्नु एउटा सामान्य प्रक्रिया हुन्छ।  तर घरभित्रका प्रदुषकहरूमाथि गरिएका अनुसन्धानलेचाहिँ जुत्ता घरबाहिर नै खोल्ने पूर्वेली चलन सुरक्षित रहेको देखाएको छ।र, घरबाहिर जुत्ता फुकाल्नु भनेको रोगहरूलाई घरबाहिरै छाड्नु हो भन्न थालिएको छ।

हामी आफ्नो जुत्तामा धूलो, हिलो वा केही फोहर लाग्यो भने त्यसलाई पुछपाछ पारेर सफा गर्छौँ, तर जब हामी बाहिरबाट आफ्नो घरमा प्रवेश गर्छौँ, के हामी आफ्ना जुत्ता घरबाहिर नै खोल्न रुचाउँछौँ ? वा सरासर …

पश्चिमाहरू जुत्ता घरबाहिर नै खोल्न सिक्दैछन्। किन?   
0 comment
0 FacebookTwitterEmail

चितवन। लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे।

सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो। २०७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कूटरले ठक्कर दियो। ६७ वर्षका लिलाधरको हातमा चोट लाग्यो। हात औँलामा चोट धेरै लाग्यो। नियमित सडक सफाइको काम गर्न नसक्ने भए।

२०६१ सालमा ३ हजार पाँच सय रुपैयाँबाट जागिर सुरु गरेका लिलाधरको तलब बढेर २१ हजार २ सय २५ रुपैयाँ पुगेको थियो। काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न उनको सुरक्षाको लागि कुनै सुविधा थियो। उपचार खर्च भने कार्यालयले व्यवस्था गरिदियो।

दुर्घटनामा घाइते भएपछि लिलाधर …

सडक कर्मचारीका पीडा: गाडीभाडामै सकिन्छ आधा तलब
0 comment
0 FacebookTwitterEmail

भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा बनाउनु पर्ने “भिजिट भिसा कार्यविधि/निर्देशिका” प्रस्ताब गर्नुका पछाडिको मूल ध्येयचाहिँ सामान्य सोधपुछ पनि नगरी तस्करहरूलाई लाखौ रूपैयाँ बुझाउएर विदेश जान मरिहत्ते गर्ने नेपालीलाई मानव तस्करबाट जोगाउनु हो। तर जसरी पनि विदेश जान आसक्त नेपालीलाई जोगाउन धेरै गाह्रो किन छ भने उनीहरूलाई तस्करी गर्न सक्रिय मानिशहरू समाजसेवीको मुखौटो लगाएर सबैजसो पार्टीका नेताको वरिपरि घुमेर तिनको दुरूपयोग गर्छन्।

घटना १ – आकर्षक जागिरको प्रलोभनमा दुबईमा नेपालीको बिचल्ली

गत पुसको तेस्रो साता एउटा अनलाइनले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर कोमलराज उपाध्यायले नेपालबाट मानवतस्करी गरेको भन्दै लगातार समाचार प्रकाशित गर्‍यो। समाचारमा भिजिट भिजामा सेटिङ मिलाएर नेपालीहरूलाई दुबई लैजाने र …

दुबईका नेपाली मानवतस्कर: समाजसेवीको मुखौटोमा मन्त्रीको अघिपछि
0 comment
0 FacebookTwitterEmail

सोसल मिडियाले हाम्रा बालबालिकालाई बर्बाद गरिरहेको छ भन्ने खबरले सञ्चारमाध्यमहरू भरिएको छ। लगातारको अध्ययन पछि अचानक हामीलाई हाम्रा डिजिटल दुनियाँमा मस्त हाम्रा बच्चाहरू सम्भवतः, वा निश्चित रूपमा, शक्तिविहीन, क्याटाटोनिक (निस्कृयता वा बाँकी दुनियाँसँग बोलचाल नगरेका कारण लाग्ने मानसिक रोगका लक्षण) सेलमा परिणत भइरहेको चेतावनी दिइन्छ (त्यो पनि हाम्रै सामाजिक सञ्जालका फिडहरूमा आउँछ)। अनि हामी तिनीहरूका उपकरणहरू तिनीहरूको सैतान औंलाहरूबाट छुट्टाउन कुश्ती खेल्छौ। सामाजिक सञ्जालले बालबालिकालाई निराश बनाइहरहेको छ भनिन्छ। टेक्स्ट म्यासेजले उनीहरूको सञ्चारको कौशललाई नष्ट गरिरहेको छ भनिन्छ। र, अहिले सबैभन्दा पछिल्लो खबरचाहिँ यसले ‘उनीहरूको अल्छिपनालाई हटाउँछ’ भनेर चिन्तित आमाबाबुहरूलाई ढाढस दिने खालको दावी पनि गरिएको छ, तर त्यसको अर्थ …

सिर्जनशीलता मार्ने हौवा
0 comment
0 FacebookTwitterEmail

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा शिक्षा विकास माद्यमिक विद्यालयकी छात्रालाई एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेत आन्दोलित भए। लेटाङ नगरपालिका– ५ का वडाध्यक्ष भूमसूर्य मगरले दिनुभएको जानकारीलाई मान्ने हो भने ती शिक्षकलाई कानुनी कारवाहीका लागि प्रहरी बोलाइएको थियो।तर भीडले ती शिक्षकलाई जोगाउन खोजेको ठान्यो र अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट मृत्यु भयो ।

ती आरोपित शिक्षकलाई गर्न लागेको कारवाहीका बारेमा विद्यालय तथा प्रहरीले भनेको कुरा विद्यालयका छात्रछात्रा र अभिभावकहरूले …

शिक्षकबाटै दुर्व्यवहार: राजनीतिक हस्तक्षेप, फितलो कारबाही
0 comment
0 FacebookTwitterEmail

तथ्यांकमा त राज्यका सबै अंगमा महिलाहरूको सहभागिता त देखियो तर निर्णय प्रक्रियामा नै नेतृत्व लिने काम न त पुरूषले दिन चाहे न महिला नेतृत्वले खोस्न नै सक्यो। यो अवसर अबको निर्वाचनमा छ। महिला महिला भिड्नेभन्दा पनि क्षमतावान महिला प्रतिस्पर्धामा उत्रिनै पर्छ, भिड्नै पर्छ।कतिञ्जेल निरीहा बनेर अर्काले दिएको भाग थापेर बस्ने?  स्थानीय तहदेखि संघसम्म सक्षम र क्षमतावान महिलालाई प्रतिस्पर्धामा आउने वातावरण सिर्जना गर्न काम नेपालका ठुला राजनीतिक दलहरूले पनि गर्नै पर्छ।

समाजको विकासका लागि महिला र पूरुषको उत्तिकै भूमिका हुन्छ। महिला र पूरुष दुबैको विकासविना राष्ट्रको विकास पनि सम्भव छैन। नेपालमा महिलाहरूले महत्वपुर्ण अबसर पाइरहदा पनि पितृसतात्मक चिन्तनका कारण रुमल्लिएका र …

निरीहा हैन, प्रतिस्पर्धामा उत्रिने महिला !
0 comment
0 FacebookTwitterEmail

नेपालको राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरूका लागि प्रतिकुल र कष्टकर नै भएपनि नेपालका बौद्धहरूले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरू पाइँदैनन्। तर नेपालभन्दा हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरूले आफ्नो धर्म र पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय रहनेछ। यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै अन्त्य भयो।

हामी भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरू पढ्छौं। उहाँको जीवनमा …

बौद्ध संकट : भियतनाममा बौद्धहरूमाथि अत्याचार, बौद्ध भिक्षुको आत्मदाह अनि तानाशाहको अन्त्य
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved