विवाहका लागि दुलहा वा दुलही पाउन अप्ठ्यारो परे के गर्ने? नवलपुरका थारू समुदायमा एउटा गज्जबको चलन थियो-झाँगा विवाहको। यो खासमा सट्टापट्टा विवाह हो। कुनै घरबाट बुहारी ल्याउदा त्यही घरका योग्य वरलाई आफ्नो छोरी दिने परम्परा। झाँगा विवाह पनि मागी विवाह अनुसार नै गरिन्छ। एक जोडीबीच सम्बन्धमा खराब हुँदा अर्को जोडीको सम्बन्धमा पनि पनि असर गर्ने भएकोले यो विवाहको चलन हराउँदै गएको छ।
थारूहरूमा प्रायःजसो मागी विवाह प्रचलनमा छ। त्यस्तै झाँगा, घरवैठी, उह्ररी, विधवा विवाहलगायतका विवाह पनि प्रचलनमा रहेको छ।थारू समाजमा महिलाको स्थान उच्च मानिने हुनाले दुलही पाउनलाई दुलहीको घरमा दुलहा पक्षका मानिसहरूले फकाउने फुलाउने गर्दछन्। त्यसैले थारूमा उखान छ “जेकर …