Home » साहित्य/कला/संस्कृति » Page 2
Category:

साहित्य/कला/संस्कृति

डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।

उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो । पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उहाँले बताउनुभयो ।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । …

0 comment
0 FacebookTwitterEmail

हरियो सालको पातको टपरी। त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी। अचार, आलु अनि गेडागुडी। हेर्दै खाउँखाउँ लाग्ने। मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार। लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।

“पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न। त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ।
“सेल रोटी पेटभरि
खाउँ है !
रैथाने चामलले बनाएको।
केही हानि गर्दैन।”

सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ। नरुवाल …

0 comment
0 FacebookTwitterEmail

अब यदुकुल ध्वस्त भएपछि एउटा समयको चक्र पूरा हुनेछ र आफू आफ्नै कुलको सर्वनाश गर्नका लागि आफैँ प्रयुक्त हुँदै थिए। सायद समय नै ईश्वर हो र ईश्वरको असीम कृपा भनेको नियति हो जुन हुनै पर्छ, नभई हुँदैन……

त्यो कारुणिक अवस्थाको कल्पना गरौँ। युद्धको समाप्ति भयो भन्ने बेलामा आन्तरिकरूपमा मानसिक युद्ध या द्वन्द्व यसरी सुरु भयो कि हार्ने कौरव पक्षमात्र होइन, जित्ने पाण्डव पक्षसमेत युद्धको परिणामका सम्बन्धमा सकारात्मक हुन सकेनन्। महारानी द्रौपदी पुत्रविहीन भएकी थिइन्। महारानी गान्धारीका सय पुत्र भीम एक्लैले मारेका थिए र उनी पनि पुत्रविहीन भएकी थिइन्।

महारानी गान्धारी जव युद्धस्थलमा निरीक्षणका लागि आइन्, उनलाई श्रीकृष्ण द्वैपायन व्यासले महारानी …

0 comment
0 FacebookTwitterEmail

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, …

0 comment
0 FacebookTwitterEmail

महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदैछन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबकी लिएका छन् । महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ ।

महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।

एक दिन अघि …

0 comment
0 FacebookTwitterEmail

महाभारतमा श्राप र आशीर्वादको भारी बोकेका पात्रहरू भेटिन्थे र आफैँ ती श्राप र वरदानबाट किचिएर समाप्त भएका थिए ……

पछि महारानीका रूपमा सम्मानित द्रौपदीको प्रारम्भिक अवस्था पनि राजकुमारीको मात्र थिएन, महाराज द्रुपदले आफ्ना लागि भविष्यको धरोहरको रूपमा लिएका थिए। महाराज द्रुपदका छोराको रूपमा जनमानसमा समेत स्वीकार गरिएका तर जन्मले छोरीको रूपमा रहेका शिखण्डीले पाएको वरदानप्रति द्रुपद ढुक्क थिए कि उनको र अर्जुनको संयुक्त आक्रमणबाट मात्र कुरु शिरोमणि शन्तनुनन्दन देवब्रत धराशायी हुनसक्थे। तर कसरी? हो त्यसैले पनि राजकुमारीबाट महारानी भइसकेकी द्रौपदीको मनोविश्लेषण जरुरत छ किनभने उनको मनका भाव पढ्न सक्दामात्र महाभारतको युद्धको पृष्ठभूमि, तयारी र हारजितको चित्र छर्लङ्ग पार्छ।

महाभारत युद्धको …

0 comment
0 FacebookTwitterEmail

भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।

नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै दृश्यले उहाँको नजर तान्यो ।

उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।

नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको …

0 comment
0 FacebookTwitterEmail

कलाकारलाई समाज र संस्कृतिको प्रतिनिधि मात्रै मानिँदैन, उनीहरू समाजको आदर्श समेत ठानिन्छन् । तर कलाकर्मीहरू किन समाजमा आदर्श पात्र बन्न सकेका छैनन् ? किन कलाकारको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकिरहेको छैन । चलचित्रको पर्दामा जस्तै राम्रो घरजम भएका कलाकारको प्रेम र पारिवारिक आदर्श किन चकनाचुर भइरहेको छ ? यो अहिलेको बहसको विषय हो ।

अहिले सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यममा गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा र नायिका अरुणिमा लम्सालले दोस्रो पतिसँग सम्बन्ध विच्छेद गर्न लागेको निकै चर्चा छ । गत वैशाख ५ गते बागलुङ घर भई हाल अस्ट्रेलियामा बस्दै आएका …

0 comment
0 FacebookTwitterEmail

औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।

भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले …

0 comment
0 FacebookTwitterEmail

यसपाली महोत्तरीका किसानलाई वसन्त उत्सवको उमङ्ग छाएको छैन । प्राचीन मिथिलाञ्चलसहित मधेसमा वसन्तपञ्चमीका दिन वर्षभरि कृषि कार्य गर्नेले श्रमिक पुज्ने परम्परा रहेको छ । यस वर्ष यहाँका किसानले आगामी वर्षका लागि वरपर श्रमिक नपाएपछि यो पर्व मनाउन पाएनन् । किसानका लागि पर्वको सबैभन्दा महत्वपूर्ण पक्ष मानिने श्रमिक पूजन गर्न नपाएपछि यहाँका किसान निराश भएका छन् ।

‘पैछला कतेक दिन स जनके खोजी करैत आयल छी, मुदा अहुबेर अई सालक वसन्तपञ्चमीमें पुजवाला जन नई भेटल’ (कति दिनदेखि श्रमिक खोजेँ, तर यसपटक वसन्तपञ्चमीमा पुज्न श्रमिक भेटिएनन्) भङ्गाहा–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भन्नुभयो, “आब बुझायल जे खेतीपातीके काज नइ कर सकब” (अब …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved