Home » साहित्य/कला/संस्कृति » Page 3
Category:

साहित्य/कला/संस्कृति

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ …

0 comment
0 FacebookTwitterEmail

लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ । पुरातत्व विभागलले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँसहर स्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो ।

विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने …

0 comment
0 FacebookTwitterEmail

युद्धमा प्रत्यक्ष लडेर भन्दा पनि शत्रुको शिविरमा हतोत्साही गराउने भूमिकाबाट पनि युद्ध जित्न सहज हुने रहेछ। नभन्दै द्रोणाचार्यको मृत्युपछि कर्णको सेनापतित्वमा भएको युद्धमा शल्य महाराजले सारथिको काम गरे जसले बारम्बार कर्णलाई अपमानित गरिरहे र भने—अर्जुनलाई जित्न त्यति सजिलो छैन किनभने जहाँ कृष्ण छन्, त्यतैको विजय अवश्यंभावी छ, तिमीहरूले राज्य अधर्मको सहारामा कब्जा गरेका थियौ नि ………

महाभारतको युद्धलाई व्यवस्थित गर्नका लागि युद्धका नियमहरू बनाइएका थिए। युद्धका नियमहरू परम्परागत नै थिए। स्त्रीहरू युद्धमा वर्जित थिए। युद्ध शिविरमा महिलाहरूको उपस्थिति हुनु हुँदैनथ्यो। निहत्थासँग हतियारमार्फत् आक्रमण गर्न पाइँदैनथ्यो र एकजनासँग एकजनाले मात्र प्रतिस्पर्धा गर्नुपर्थ्यो। अर्थात् रथीसँग रथीले, घोडसबारसँग घोडसबारले, गजसबारसँग गजसबारले र पैदलसँग …

0 comment
0 FacebookTwitterEmail

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग …

0 comment
0 FacebookTwitterEmail

कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न सङ्घसंस्थाको सहकार्यमा गत वर्ष कपिलवस्तु राष्ट्रिय मूिर्त कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूतिलाई आर्कषक उद्यानका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिनसक्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई अवधि अत्यन्तै छोटो …

0 comment
0 FacebookTwitterEmail

कुन्ती, द्रौपदीका मनमा पनि लागेको थियो, अन्यायविरुद्ध युद्ध होस् र श्रीकृष्णको सहयोग पाएर युद्ध जितिन्छ र अधर्मको नास हुनेछ ………

युद्ध मैदानमा कुन बेला सेनाहरू जान्छन्? कुनबेला युद्ध सुरु हुन्छ? कुनबेला हतियारहरूको गर्जनले युद्धभूमि थर्थराउँछ? जब मानसिक रूपमा पीडित र पीडक पक्षहरू आफ्नो जितको दुन्दुभि बजेको कल्पना गर्न थाल्छन्, अनि युद्ध साँच्चै सुरु हुने अवस्थामा पुग्छ। महाभारतमा को पीडित पक्ष हो र को पीडक पक्ष हो भन्न यसकारणले गाह्रो छ कि मुख्य पात्रहरू सबै आफूलाई पीडित ठानेका छन्। कतिपयको पीडक परिभाषित छैनन् भने कतिपयले पीडकको पहिचान गरेर युद्धको लागि तयारी गरेका पाइन्छन्।

महाभारतमा पात्रहरू पूर्वजन्ममा परेका श्राप र आशीर्वादको भारी …

0 comment
0 FacebookTwitterEmail

भीममा दौपदकिो दुःख देख्न सक्ने धैर्यता नै थिएन र द्रौपदीमा पनि भीमप्रतिको चाहना आन्तरिक रूपमा बढेको द्रौपदीले महसुस गरेकी थिइन् ……

द्यूतक्रीडामा हारेमा पाण्डवहरूले के के भोग्नुपर्छ भनेर केही कडा सर्तहरू राखिएका थिए। त्यसो त यदि दुर्योधनादिले हारेमा राज्य सबै पाण्डवहरूको हुने पनि सर्त थियो। तर कौरवहरूलाई के थाहा थियो भने शकुनिको दाउमा हार्ने कुनै सम्भावना नै थिएन। एकपटक हारेर, विभिन्न सर्तहरूमा दुर्योधनादिकासर्त बमोजिमका दण्डका वर्षहरू बित्नै आँटेका बेलामा पक्कै नै मानसिक उतार चढाव आएकै थियो। बाहिरका मानिसहरूले, कतिपय भारतवर्षका अधीनका राज्यहरूले पनि पाण्डव र कौरवका कथा बिर्सन थालेका थिए। राज्य त चलिरहेकै थियो। कोही राजा नहुँदा पनि चलेको भारतवर्षमा …

0 comment
0 FacebookTwitterEmail

माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका …

0 comment
0 FacebookTwitterEmail

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।…

0 comment
0 FacebookTwitterEmail

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।

धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउनुहुन्छ । जेसिका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved