Home » स्वास्थ्य » Page 4
Category:

स्वास्थ्य

दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी  बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ। विश्व श्रवण दिवसको अवसरमा फागुन २० गते यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताउनुभयो।

नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उहाँले भन्नुभयो, भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ।” डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ। पैँतिस डेसिवल भन्दा कम सुन्ने …

0 comment
0 FacebookTwitterEmail

मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले बजारमा पाइने  खानेकुरा उपभोग गरिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको विज्ञको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि लेबल हेर्नुपर्ने बताउनुभयो। उपभोक्ताले ताजा एवं सुरक्षित खानेकुरा हो/होइन जाँच गरेर मात्र खानेकुरा खानुपर्ने उहाँको भनाइ छ।

तपाईंले खाने खाना के सुरक्षित एवं स्वस्थ्यकर छ? खानामा कुनै अखाद्य वस्तु मिसाइएको पनि हुनसक्छ। यस्तो खानाको उपभोगले मानव …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन्।

कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा  फागुन १८ गते वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरूले मानसिक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन्।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्छ भन्नुभयो। “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।

कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो । यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

अनुगमनका
0 comment
0 FacebookTwitterEmail

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले फागुन १४ गते उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो।

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौँ लगिएको छ। मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो। उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख …

0 comment
0 FacebookTwitterEmail

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो। सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो।

मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ। मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन्।

0 comment
0 FacebookTwitterEmail

बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो।

उहाँका अनुसार उनीहरूमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो। कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो।

रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन …

0 comment
0 FacebookTwitterEmail
यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड

0 comment
0 FacebookTwitterEmail

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ ।  सेकेण्डरी बी लेभल अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले जनाएको छ ।

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात् मङ्गलवार र बुधवार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम

0 comment
0 FacebookTwitterEmail
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नयाँ भेटिएका ७१ हजार सात सय बिरामीमध्ये करिब ३२ हजार बिरामी उपचारको दायरामा ल्याउन नसकिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले उपचारको दायरामा आउन नसकेको बिरामीले आगामी वर्ष बजेटमा समेट्ने बताउनुभयो । “उपचारको दायरा नआएका बिरामीले परिवार र समाजमा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved