विश्व थालेसीमिया दिवसमा २६ वैशाखमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवं चिकित्सकहरूले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले वीर अस्पताल,हेमाटोलोजी एकाइद्वारा यहाँ आयोजित कार्यक्रममा थालेसीमिया रोगसम्बन्धी उपचारलाई सातै प्रदेशका स्वास्थ्य संस्थामा जोड्न सक्नुपर्ने बताउनुभयो। यस रोगको रोकथाम र उपचारको सहच पहुँचका लागि मन्त्रालयले प्राथमिकता दिएको उहाँको भनाइ छ।
उक्त कार्यक्रममा थालेसीमियाका बिरामी दीपा केसीले आफ्नो अनुभव सुनाउँदै महँगो औषधि र उपचारबारे सरोकारवाला निकायको ध्यानार्कषणसमेत गराउनुभयो। “वीर अस्पतालभित्रै सबै औषधि उपलब्ध छैनन्। औषधि र उपचार खर्चिलो भएका कारण यस रोगका …
