बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो। अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो।
व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेय पदार्थ जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो। “जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेय पदार्थ भेटिए, हामीले स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएका छौँ”, बरालले भन्नुभयो, “उपभोक्ता र बिक्रेतामा …
