Home » खोज » Page 4
Category:

खोज

मानिस आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँबाट बेँसी झर्ने, बेँसीबाट बजार, सहर लाग्ने क्रम खास गरी तीन दशकयता बढोत्तरी भएको हो । गाउँबाट गाउँमै बसाइसराइ भइरहेको समयमा कमाउनेहरू, क्षमतावानहरू बजार—सहर पस्नु असामान्य होइन । सहर बजार छिर्न नचाहने र नसक्नेहरू गाउँभित्रका मानवबस्ती बाक्लिएका ठाउँमा ओर्लिएका छन् । फलस्वरुप गाउँभित्रका ट्रान्जिट बस्तीहरूको, पुर्खाकै खेतबारी भएका बेँसी भेगहरूमा घनत्व बढेको छ । व्यवस्था बद्लिए पनि, गाउँमा विकासका पूर्वाधार पुगे तापनि थातथलोबाट पलायन हुने क्रम भने रोकिएको देखिँदैन ।

विश्व नागरिकको अवधारणा विकास भएसँगै अध्ययन तथा रोजगारीको लागि बिदेसिनु नौलो मान्नु पर्दैन । बिदेसिए भन्ने जति चिन्ता र चासो चार पाँच वर्षयता देखि बोलिन

0 comment
0 FacebookTwitterEmail

हिमाली गाउँको बस्ती। भूकम्पले चिरा चिरा परेको घर। त्यही घरको आँगन नजिकैको त्रिपालमुनि छ बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँका काली बहादुरको परिवार। झन्डै बिचमा भूकम्पले चिरा चिरा परेको घर। त्यही चिरा परेको घरछेउ र चिसो त्रिपाल भन्दा अलि पर जस्तापाताको खोर। खोर गाई बाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन। न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो। यो खोरभित्र हुनुहुन्छ १८ वर्षीय किशोर हेमराज रावत।

रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उनलाई थुनिएको हो। कालीबहादुरको परिवार वडाले दिएको त्रिपाल नै आश्रय स्थल हो भने छोरा हेमराजको …

0 comment
0 FacebookTwitterEmail

नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनमा निरन्तर उल्झन देखिई रहेको बेला अमेरिकी प्रशासनले दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरलाई उच्चस्तरीय भेटवार्ताको तालिका सहित बुधवार नेपाल पठाएको छ ।

बुधवार काठमाडौँ आइपुगेकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले दुई दिने नेपाल भ्रमणका क्रममा नेपालका उच्च अधिकारीका साथै सुरक्षा अधिकारीलाई भेट्नेछिन् । गएको महिना लाउबाचरले वासिंटन डीसीस्थित नेपाली राजदूतावासमै पुगेर अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री एसपी साउदसँग भेटवार्ता गरेकी थिइन् ।

ठेक्काको चक्करमा एमसीसी परियोजना

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारण लाइन निर्माणका लागि आह्वान भएको सबै ठेक्का रद्द

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको मर्चवारी गाउँपालिका स्थित अमवा माध्यमिक विद्यालयमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । कार्तिक २१ र २३ गते परेको उजुरी सम्बन्धमा छानबिनको प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारीले बताएका छन् ।

सङ्घीय शिक्षण इकाई अनुदान र गाउँपालिका अनुदानमा प्रावि शिक्षक १, निमावि शिक्षक ३ र पुस्तकालय सहायक १ पदका लागि छनौट प्रक्रियामा धाँधली भएको भन्दै उजुरी परेको हो ।

परीक्षा भइरहँदा गाउँपालिका शिक्षा शाखालाई रोहबरमा समेत राखिएको छैन । परीक्षाका बखत त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वा अन्य कोही कर्मचारी प्रतिनिधि पनि मौजुद थिएनन् ।

शिक्षक–कर्मचारी भर्नाका लागि विद्यालयले शिक्षा शाखा …

0 comment
0 FacebookTwitterEmail

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की तारादेवी कार्की २०७८ सालदेखि ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ। भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ।

मजदुरी गर्ने उनका श्रीमान् ज्ञानप्रसाद भट्टराईले श्रीमतीको उपचारमा ११ लाख बढी रुपैयाँ खर्चिसक्नु भयो । उपचारमा जायजेथा सकियो। त्यसैले भट्टराई श्रीमतीको उपचारका लागि सहयोग जुटाउन विभिन्न कार्यालय धाइरहनुहुन्छ।।

कोसी प्रदेश सरकारले गएको चैतमा आर्थिक सहायतासम्बन्धी कार्यविधि पास गर्‍यो। कार्यविधिमा क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिने उल्लेख छ।

सोहीअनुसार भट्टराई गएको वैशाख २० गते कोसी प्रदेश स्वास्थ्य मन्त्रालय पुग्नुभयो। उहाँले आर्थिक सहयोग लिन आवश्यक सबै कागज पुर्‍याएर मन्त्रालयमा निवेदन दर्ता गराउनुभयो। तर, अहिलेसम्म आर्थिक सहायता पाउनुभएको छैन।

मन्त्रालयबाट आर्थिक …

कोसी प्रदेश: कडा रोग लागेका बिरामीलाई आर्थिक सहायता दिने बजेट छैन
0 comment
0 FacebookTwitterEmail

भूकम्पले चिरा चिरा परेको घर । नत बस्न लायक छ नत पुरा भत्किएको नै छ ।  त्यही भत्केको आधा घरलाई पुर्पुरोमा हात थमाउँदै टोलाउँदै जाजरकोटको बारेकोटकी (परिवर्तित नाम) डोल्माको मनमा भूकम्पको धक्का गइरहन्छ  ।

गएको कात्तिक  १७ को भूकम्पले बारेकोट गाउँपालिका (परिवर्तित) नाम डोल्माको घर भूकम्पले चिरा चिरा बनाएर भत्कायो । भूकम्पले घर मात्र भत्काएन डोल्माको जिन्दगी नै भत्काइदियो । देशमा रोजगारी नहुँदा लामो समय काला पहाड गएर टाउको र पैताला खियाएर बनाएको घर ढलेपछि अहिले उहाँलाई बाच्न मन छैन । वर्षाै मेहनत गरेर बनाएको घर ढलेर चिसो बारीको शीत लहर मा बास हुँदा उहाँ  मानसिक पीडामा हुनुहुन्छ । भूकम्पले …

‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’ 
0 comment
0 FacebookTwitterEmail

कस्तो हुन्छ होला जब आफ्ना प्यारा दाइभाउजू र भतिजाभतिजी घरमूनि पुरिएका छन् र गूहारगूहार भन्दै चिच्याइरहेका छन्, हातले खोस्रिदाखोस्रिदै उनीहरूको आवाज मुधुरो हुन्छ र अन्त्यमा लाश मात्र भेटिन्छ। त्यही भोग्नुभएका नलगाड चिउरीका भद्रबहादुर विश्वकर्माको आँखा अझै ओभाएका छैनन्।   

“मध्यरातमा भूकम्पले घर भत्कायो। घरसँगै आफन्तको वियोगले मुटु चिरा चर्कियो। दाइभाउजू रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउँदै बरबराउनु हुन्छ, भद्रबहादुर।

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो। कार्तिक १७ गते गएको भूकम्पमा परेर दाइभाउजू र छोरा गुमाए। भूकम्पमा परेका दाइभाउजूले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ। भूकम्पमा परेर …

भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
0 comment
0 FacebookTwitterEmail

काले भन्ने गोर्खराज शाहीले गोपालबहादुर बोहरासँग मिलेर कार्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका आफ्नै नातेदारको परिवारका चार जनाको हत्या गरेको प्रहरीले पत्ता लगाएको छ।

हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो।

टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका  छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो।

हत्यापछि …

0 comment
0 FacebookTwitterEmail

जाजरकोट।  गाडीको लावालस्कर सहित पीडितका दैलोमा पुगेर सरकारका प्रतिनिधिहरूले भूकम्पपीडितलाई अत्यावश्यक राहत समयमै उपलब्ध गराउँछौँ भन्ने बाचा गरिरहेका छन्। तर जाजरकोट भूकम्पको चार दिन बितिसक्दा पनि एक छाक खानाका लागि घण्टौँ स्थानीय तहका कार्यालयहरूमा कुर्दा पनि प्रभावितहरू निराश हुँदै भोको पेट र नाङ्गो शरीर रित्तै हात फर्किन बाध्य छन्।
भूकम्पपीडितले आफू र आफ्नो परिवार भोकै रहेको याचना गर्दा पनि वडा कार्यालयका प्रतिनिधिले राहत नआएको भन्दै रित्तै फर्काए। भूकम्पका कारण घरबारविहीन बनेका पीडितलाई राहत लिन अर्को दिन आउनू भन्दै फर्काइयो।
जाजरकोटको भेरी नगरपालिका ३ माथिल्लो थाप्लेमा भाडाको घरमा बस्दै आएकी सुर्खेत सिम्ता गाउँपालिका–४ बजेडीचौरकी विष्णु थापाले वडा कार्यालयमा पुगेर घण्टौँ कुर्दा …

पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत 
0 comment
0 FacebookTwitterEmail

हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ।  बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम भाषामा पुरेत, पुजारी, बाजे, गुरुलगायत भाषामा सम्बोधन गरिने पुरोहितको आवश्यकता हुने गरेको छ।  जन्म कुण्डली बनाउने देखि ग्रह दोष निवारण गरी जीवनशैलीलाई उत्कृष्ट बनाउन ज्योतिष विज्ञान प्रति ठुलाबडाहरूको त्यतिकै आकर्षण बढ्दै गएको छ।  ज्योतिष पण्डित अथवा पूजापाठ गराउने पुरोहित पेसाको माग दिन प्रतिदिन बढ्दै गए पनि माग अनुसारको पुरोहित पाउन तराईमा गाह्रो हुने गरेको छ।

संस्कृत भाषाको अध्ययन–अध्यापन कमीले तराईका आकलझुकल परिवारको युवाहरू अध्ययनको लागि भारत जाने गरेका छन्। खास गरेर दसैँ तिहार जस्ता पर्वहरूमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved