गणतान्त्रिक संविधान अनुसार पहिलो आमनिर्वाचन सम्पन्न भएपछि २०७४ फागुनमा बनेको सबैभन्दा बलियो सरकारले अध्यादेशको बाढी नै ल्याएको थियो ।
त्यस बेला एक जना प्रधानमन्त्रीबाट एउटै विषयमा एक वर्षमा तीन वटासम्म अध्यादेश ल्याइए । २०७७ वैशाख ८, मङ्सिर ३० र २०७८ वैशाख २१ गरी तीन पटक एउटै विषयमा तीन वटा अध्यादेश आएका थिए ।
पछिल्लो समयसम्म आइपुग्दा ‘संसद् बन्द गरेर अध्यादेश ल्याउने’ वा ‘अध्यादेश ल्याएर संसद् बोलाउने’ जस्ता नयाँ र अलोकतान्त्रिक संसदीय परम्परा जस्तै बनाइँदै छ । जस्तो, २०८० वैशाख २० मा अध्यादेश ल्याइयो र २४ मा संसद् बोलाइयो २०८१ पुस ३० गते आधा दर्जन अध्यादेश ल्याइयो