Home » खोज » Page 3
Category:

खोज

काठमाडौँ कोटेश्वर चोकको जाम हटाउन बनाउन लागिएको फ्लाइओभर र सुरुङमार्गका लागि सरकारले जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब रु ३१ अर्ब दुई करोड नेपाली) बराबरको सहुलियत ऋण लिनेसम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्ट भनिएको यो परियोजनासम्बन्धी यो निर्णय मन्त्रिपरिषद्को माघ १० को बैठकले गरेको हो। सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन। जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि सहुलियत ऋणसम्बन्धी सौदाबाजीको अवस्थामा पुगेको हो।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लागि जाइकाले तीन विकल्प दिएको थियो। …

0 comment
0 FacebookTwitterEmail

बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ।

स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ। कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरूलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताउनुभयो।

“कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भन्नुभयो, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण …

0 comment
0 FacebookTwitterEmail

बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ।

त्यसैगरी सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ। मुख्यसचिव डा बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको देखिन्छ। सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो …

0 comment
0 FacebookTwitterEmail

हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन। हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै। यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ। तर यसको सिमाना र मात्राका आधारमा प्रणालीको लोकप्रियतामा  नागरिकको असन्तुष्टि जोख्नुपर्छ। जुन धेरै हिसाबले नेतृत्वका सन्दर्भमा अनि केही हदसम्म प्रणालीको गुण र दोषमा आधारित रहन्छ।

सन्दर्भ: नेपालको लोकतान्त्रिक पद्धति भित्र राज्य सत्ता सञ्चालन गरिरहेको नेतृत्व माथि बढ्दो असन्तुष्टिको हो। जसको पछिल्लो उदाहरण रवि लामिछाने भएका छन्। अहिलेको प्रतिनिधि सभामा चौथो ठुलो दल भएर पनि प्रभावकारी भूमिका देखाउन नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने माथि पोखराको एउटा …

0 comment
0 FacebookTwitterEmail

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका। अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन्। विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन्।

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गर्नुभएको छ। उहाँको पोशाक पनि थोत्रिइसकेको छ। बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उहाँले सुनाउनुभयो। “चप्पल, जुत्ता लगाउने मन त छ नि”, उहाँले भन्नुभयो, …

0 comment
0 FacebookTwitterEmail

उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कलेज जान बिहान सधैँ झैँ घरबाट निस्किनुभयो। बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो। आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो।

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो। मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिनु हुन्छ। उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो। हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए। गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो। एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला

0 comment
0 FacebookTwitterEmail

गएको मङ्सिर ५ गते झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ हात्तीको आक्रमणमा परी ज्यान गर्‍यो। स्थानीय हम्सेदुम्से  सामुदायिक वनमा दाउरा काट्न गएको बेला हात्तीले तामाङलाई आक्रमण गरेको थियो।

 

मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो। चार कोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको थियो।

मङ्सिर १८ गते बिहान लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गर्‍यो। मङ्सिर यता मात्र हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।

कोसी प्रदेशका झापा, मोरङ …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँको सम्बद्ध बस्तीको छेउमा छ थापाथलीको सुकुमबासी बस्ती। यो कतिका लागि सहरको सौन्दर्यमा धब्बा हो, कतिका लागि कमाइ खाने भाँडो तर वास्तविक सुकुमबासीका लागि जीवन मरणको आधार। कस्तो छ यो बस्ती? कस्ता मान्छे बस्छन् यहाँ?

बागमती नदीको किनारमा जस्ताले छाएका, बाँसले वरपर बारिएका बस्ती देखिन्छ। अरूले सुकुमबासी बस्ती भने पनि यहाँ भीत्र बस्नेले यसको नाम पौरखी बस्ती राखेका छन्। यो बस्ती परिवारको ठेगाना नभएका, कुनै ठाउँमा जमिन नभएका, सङ्घर्ष गरेर बाँच्ने आधार खोज्नका लागि आएकाहरूको भएको बस्तीका बासिन्दाको भनाई छ।  सुकुमबासी बस्तीमा १३६ टहराहरू छन्। त्यस बस्तीमा करिब १३ सयका हाराहारीमा बसोबास गर्दछन्।

महानगरपालिकाका प्रमुख बालेन्द्र साहले समेत डोजर लगाएर …

0 comment
0 FacebookTwitterEmail

यो मर्दै गरेका गाउँका कथा हो। बसाइँ सराइका कारण रित्तिएका गाउँहरू। बनमाराले ढपक्कै ढाकिएका खेतीयोग्य जमिनहरूको कथा हो। वरपरका रुख बिरुवा बढेर छेकिन थालेको गाउँहरू। आफ्नै भूमिमा मृत्यु कुरेर बसेका बुढापाकाहरू मात्र बोकेर आफै मृत्युशय्या पुगेको गाउँको कथा। यो बागलुङका गाउँका कथा मात्र होइन हरेक पहाडी गाउँको कथा हो।

युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्। एक दशक अगाडिसम्म रमाइलो गाउँ बस्ती हिजोआज उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन्। विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै …

मृत्यु कुरेर बसेका गाउँहरू
0 comment
0 FacebookTwitterEmail

नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ। यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ। नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ।  

डा विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रूपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउनुहुन्छ। जसकारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी बेहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ।

चिकित्सा विज्ञानमा सबैभन्दा ठूलो काम नै रोगको सही पहिचान गर्नु हो। रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको …

उपचारको पहिलो ढोकामा नै गोलमाल
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved