भू–माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा चन्द्रागिरि नगरपालिकाको पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको ९२ रोपनी सार्वजनिक जग्गा भू–माफियासँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको विषय किनारा नलाग्दै फेरि महादेवस्थान माता तीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यस्तै अर्को कर्तुत सतहमा आएको छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ स्थित दाउरा डिपोसँगै महादेवस्थान माता तीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बनाएको ३ तले पक्की भवन पुरै सार्वजनिक जग्गामा बनेको छ जसको नक्सा पास नै गरिएको छैन। चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख उज्ज्वल प्रजापतिले संयुक्त रूपमा ०८० पुस २९ गते उद्घाटन गरेको उक्त भवन नेपाल