Home » प्रोफाइल/अन्तर्वार्ता » Page 3
Category:

प्रोफाइल/अन्तर्वार्ता

ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ। परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ। पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न। तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ।

कलायात्राको २० वर्षे यात्रामा उहाँलाई यसपटक अपेक्षा नगरेको उपहार प्राप्त भयो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वोत्कृष्ट ठहरिएको ‘२१ तारा’ले रु एक लाख पुरस्कार पायो। उक्त पुरस्कारलाई उहाँ बीस वर्षको मेहनतको उपलब्धि हो भन्नुहुन्छ।

प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग …

0 comment
0 FacebookTwitterEmail
मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो ।

दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहनुभएको छ । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ ।

विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनौँ शव चिरफार गरिसकेको बताउनुभयो । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उहाँले भन्नुभयोे, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन ।”

0 comment
0 FacebookTwitterEmail

एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गर्नुभएको छ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको जेठ १४ को बैठकमा सांसद स्वयम्‌ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गर्नुभयो।

उहाँ विसं २०७० वैशाखमा तेजाब आक्रमणमा पर्नुभएको थियो। तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उहाँले बैठकमा सुनाउनुभयो। उहाँले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा …

0 comment
0 FacebookTwitterEmail

नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ। वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले जेठ १० गते बिहान ६: २३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी जेठ १० गते बिहान ६:२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो। उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा …

0 comment
0 FacebookTwitterEmail

तनहुँ आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर  घरधन्दा सकेर ढाका बुन्नुहुन्छ। चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो। “तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर यही पेसामा छु।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ।

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु।”

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो। धागो …

0 comment
0 FacebookTwitterEmail

प्रजातन्त्र स्थापनापछि २०५४ जेठमा हुन लागेको दोस्रो स्थानीय निकायको निर्वाचनताका वीरबल यादव भर्खर २५ वर्षमा टेक्नुभएको थियो। कुशल शिक्षक बन्ने सपना बुनेर केही वर्षअघि ओखलढुङ्गाको राज्यलक्ष्मी मावि, उबुमा प्रवेश गरेका यादव हुँदाखाँदाको जागिर छाडेर जन्मस्थान सिरहाको बरियारपट्टि फर्किएको धेरै भएको थिएन। त्यहीबेला चुनावको सरगर्मी बढ्यो। राजनीतिक दलहरुले स्थानीयस्तरमा राम्रो प्रभाव भएका परिवार र धेरै मत बटुल्न सक्ने व्यक्तिको खोजी गर्दै थिए। शिक्षा सङ्कायबाट स्नातक (बिएड) पढेका थोरै युवामध्ये टाठाबाठा र जुझारु स्वभावका यादवमाथि धेरै पार्टीको नजर पर्‍यो। उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट गाविस अध्यक्षको उम्मेदवार बन्ने माहोल बन्यो।

“शिक्षक बन्न हिँडेको मान्छे राजनीतिमा धेरै रुचि थिएन। साथीभाइले निकै जोड …

0 comment
0 FacebookTwitterEmail

गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ। निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो। काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो।

सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो। ‘वसन्त’मा पनि उहाँ आफै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ। ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताउनुभयो। चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अर्थ्याउनुभयो।

गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउनुहुन्थ्यो। गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले …

0 comment
0 FacebookTwitterEmail

नेपालमा लाटोकोसेरो संरक्षणको पर्याय बन्दै जानुभएका कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै उहाँलाई ५० हजार पाउन्डको सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। बेलायती राजकुमारी एनले बुधबार लन्डनमा आयोजित एक समारोहमा आचार्यलाई पुरस्कार प्रदान गर्नुभएको हो। आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका छ जना संरक्षणकर्मीहरूर्ला सो पुरस्कार प्राप्त गरिएको थियो।

विगत ३५ वर्षदेखि निरन्तर वन्यजन्तुको अध्ययन र संरक्षणमा क्रियाशील आचार्य ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको कार्यकारी निर्देशकसमेत हुनुहुन्छ। उहाँ डेढ दशकभन्दा लामो समयदेखि  लाटोकोसेरोको संरक्षणमा क्रियाशील हुनुहुन्छ।  आफूले प्राप्त गरेको पुरस्कार गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको काममा खर्च गर्ने …

0 comment
0 FacebookTwitterEmail

तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उहाँ चिन्तित हुनुहुन्छ।

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन्। भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री …

डढेलोमा जल्यो सालको पातसँगै उनको मन
0 comment
0 FacebookTwitterEmail

विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ। ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको छ।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उहाँले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो। जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो। ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ।

प्रतियोगिताको मुख्य आकर्षण …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved