सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गर्नुभएको थियो ।
काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उहाँले बताउनुभयो । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उहाँले भन्नुभयो ।
एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार