अमेरिकी ट्रम्प प्रशासनले एच-वान बी भिसाका लागि नयाँ शुल्क प्रस्ताव गरेको छ भने ग्र्याजुएसनपछि अमेरिकामा १ देखि ३ वर्षसम्म काम गर्न पाइने ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपिटि) कार्यक्रमका लागि १ लाख अमेरिकी डलरसम्म शुल्क लगाउने विषयमा विचार गरिरहेको छ। सन् २०२४ मा करिब ४ लाख १९ हजार विदेशी नागरिकले ओपिटि मार्फत काम गरिरहेका थिए। क्यानडा, बेलायत वा अस्ट्रेलियाका विश्वविद्यालयहरू छाडेर अमेरिकी विश्वविद्यालय रोज्नुको मुख्य कारण नै धेरैका लागि यही ओपिटि सुविधा थियो।
केही हप्ताअघि मात्रै हालैका वर्षहरूमा देखिएका सबैभन्दा प्रतिभावान अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्येका एक जना अमेरिकाको सबैभन्दा ठुलो प्रतिस्पर्धी मुलुक चीन फर्किए भन्ने समाचारले धेरैको ध्यान तानेको थियो। कार्नेगी मेलन युनिभर्सिटीबाट पिएचडी …