नेपालमा वर्षमा रु ४०अर्ब बढीको मोबाइल आयात हुन्छ।मोबाइल आजको युगमा आम मानिस र क्षेत्रको अपरिहार्य साधन भइसक्यो।यो सञ्चारको मात्र साधन रहेन। यो साधन बिक्री र मर्मत गर्ने व्यवसायीको सङ्ख्या पनि पचास हजार माथि छ।यस्ता २७हजार व्यापारी सदस्य बनिसकेको र ७० जिल्लामा शाखा भैसकेको महासङ्घ पनि रहेछ। जेठ एक र दुईमा महासङ्घको पाँचौँ महाधिवेशन भयो। करिब दुई हजार व्यवसायी काठमाडौँको सभागृहमा भेला भएका थिए।
वर्तमानको एक कदमले नै भविष्यको दशा र दिशानिर्देश गर्दछ। आज नेपाल मोबाइल व्यवसायी महासङ्घले त्यो कुरालाई सिद्ध गरिदिएको छ। त्यो एउटा सानो समूह र सोचको परिणामबाट जन्मिएको संस्था राष्ट्रिय स्तरमा स्वाभिमानका साथ उपस्थित दर्जा गर्ने दह्रो व्यावसायिक …

