Home » समाचार » Page 30
Category:

समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री प्रसाद पाण्डे विरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मन्त्री पाण्डेले लुम्बिनीबासीला बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन् ।
लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री पाण्डे विकास कोषको परिषद् बैठकमा भाग लिन लुम्बिनी पुगेका थिए ।
संस्कृति मन्त्री पाण्डेलाई लुम्बिनी विकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापन पत्र बुझाउन समय माग गर्दा बेवास्ता गरेको र कोषको अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको बताएको छ ।
संस्कृति मन्त्री पाण्डेसहित विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन
0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन्।

चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गरेका हुन् ।  मनकलाले भनिन्, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी

0 comment
0 FacebookTwitterEmail

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।

अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले …

0 comment
0 FacebookTwitterEmail

युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले जनाएको छ। ‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।

यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए । ‘मिडियाजोना’ले शनिबार भनेको छ, “अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ ।”

पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ ।

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया …

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी
0 comment
0 FacebookTwitterEmail

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गर्नुभयो । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर …

0 comment
0 FacebookTwitterEmail

 शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।

विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् ।

विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताउनुभयो । उहाँले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गर्नुभयो ।

वडा …

0 comment
0 FacebookTwitterEmail

देशव्यापी रूपमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको चासो र चर्चा भइरहेका अवस्थामा यहाँका एक अगुवा कृषक भने त्यही सञ्जालको उपयोग गर्दै आफ्ना पशुवस्तु र कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारमा पुर्याउनुभएको छ ।

पोखरा महानगरपालिका–३३ भरतपोखरीका अगुवा किसान रमेश आचार्यले विगत तीन वर्षयता सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गोठबाटै पशुवस्तुसँगै घरबाटै कृषिजन्य उत्पादन बिक्री गर्दै आउनुभएको हो ।

पहिले–पहिले कुनै पशुवस्तु बेच्नुपरेमा ओल्लोपल्लो गाउँ हुँदै चिया दोकान र चोक चौतारीमा खबर छोड्नुपर्ने बाध्यतालाई अहिले भने सामाजिक सञ्जालले अन्त्य गरिदिएको उहाँले बताउनुभयो । तीन वर्षयता सामाजिक सञ्जालमा राखेर गोठैबाट पशुवस्तु र कृषिजन्य उत्पादन बिक्री गरिरहेको उहाँले अनुभव सुनाउनुभयो ।

“बिक्री गर्नुपर्ने पशुवस्तु वा सामग्री

0 comment
0 FacebookTwitterEmail

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा दुई वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा तीन वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसअघि एक सय ६५

0 comment
0 FacebookTwitterEmail
अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको खेल प्राधिकरणले बताएको छ ।

खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”

खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि

0 comment
0 FacebookTwitterEmail

लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो ।

वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीतबहादुर गुरुङले यहाँ टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताए । आफूले पनि कार्यालयको काम परेमा घरबाट पाँच-दश मिनेट हिँडेर चौतारी डाँडामा पुगेर फोन गर्नु परिरहेको उनले दुःखेसो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved