Home » Archives for राम बिकास चौधरी/ लुम्बिनी
Author

राम बिकास चौधरी/ लुम्बिनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री प्रसाद पाण्डे विरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मन्त्री पाण्डेले लुम्बिनीबासीला बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन् ।
लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री पाण्डे विकास कोषको परिषद् बैठकमा भाग लिन लुम्बिनी पुगेका थिए ।
संस्कृति मन्त्री पाण्डेलाई लुम्बिनी विकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापन पत्र बुझाउन समय माग गर्दा बेवास्ता गरेको र कोषको अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको बताएको छ ।
संस्कृति मन्त्री पाण्डेसहित विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन
0 comment
0 FacebookTwitterEmail

उमेरले ५५ वर्षीय सुकइ कुर्मी निकै चिन्तित छन्। उनको चिन्ताको कारण हो, छिमेकी देश भारतको सरयु नहर राष्ट्रिय परियोजना। २०८० चैत ११ गते रुपन्देहीको सम्मरीमाइ गाउँपालिका वडा नं. ३ थुम्हवा चोक स्थित एक पसलमा चियाको चुस्की लिँदै गरेका उनले भने, “सरयुले सिमान्चल डुबाउने भयो।”
आफ्नो भूमिमा सिँचाइ सुविधा पुर्‍याउन तथा बाढी र खडेरीबाट जोगाउन भारतले सीमा नजिकैबाट सरयु नामक ठुलो क्षमताको नहर निर्माण गरेको छ। उनले भने– “नहर संरचनाले नेपाल तर्फबाट बगिरहने पानीका प्राकृतिक निकासहरू बाधितभइ सिमान्चलमा समस्या थपेको छ।”

पानीका प्राकृतिक निकासहरू थुनिँदै गर्दा सीमा क्षेत्रमा बाढी र डुबानको सन्त्रास छ, सुकइसँगै रहेका भारत करमैनीका शिव कुमार पाँडेले भने, …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी विकास कोषको पडरिया गाउँ स्थित प्रवेशद्वार भित्र सर्वसाधारणका लागि रोक लगाइएका कारण मायादेवी सुत्केरी पथ हुँदै मायादेवी मन्दिरसम्म जान चाहने यात्रुको लागि बाटो बन्द भएको छ । यो रोकका कारण धार्मिक आस्थाका यात्रुमा समेत निराशा उत्पन्न भएको छ ।

मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवाहुदै तिलौराकोट दरबारसम्मको करिब ३६ कि.मी.बाटोलाई मायादेवी सुत्केरी पथ भनिन्छ । लुम्बिनी क्षेत्र विकास कोषले सो पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवतजावतमा रोक लगाएको हो । बुद्ध बचनको प्रचार–प्रसार संसारभरि भइरहँदा उहाँको जन्मसँग सम्बद्ध मायादेवी सुत्केरी (लुम्बिनी–तिलौराकोट) मार्गको प्रचार–प्रसार, संरक्षण र प्रवर्धनमा सरोकारवालाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका –६, पर्सा …

लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
0 comment
0 FacebookTwitterEmail

 रुपन्देहीको कोटहीमा गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ ।

प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ लाखको लागतमा निर्माण सम्पन्न नाला सहितको ४ किमी सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्त्वपूर्ण रहेको स्थानीयको भनाइ छ ।
बहुउद्देश्यीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ”, कोटहीमा–४ का राम बचन यादवले भन्नुभयो, “अब हिउँद र बर्खामा पनि जान/आउन समस्या छैन ।
त्यस्तै अर्का स्थानीय  जगदीश बर्माले भन्नुहुन्छ- “नयाँ सडकले सिँचाइ र जल निकास समेतको उचित प्रबन्ध गरेको छ । यसले वडा नं. ३, ४, ५, र
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले रुपन्देहीको मर्चवार क्षेत्र स्थित पुरातात्त्विक सम्पदा स्थल देउरवाको निरीक्षण भ्रमण गरेका छन्।

सदस्य सचिव शाक्य सहितको लुम्बिनी विकास कोषको टोलीले पछिल्लो समयमा बुद्धको मावली ‘देवदह’ दाबी गरिएको स्थान ‘देउरवा स्तूपा’ क्षेत्रको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षणले मर्चवार क्षेत्रको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक पहिचानलाई प्रवर्द्धन गर्न थप हौसला मिलेको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले बताए ।

बरइले भने, ‘लुम्बिनी विकास कोषको साथ र सहयोगमा अब देउरवा स्तूपा, मर्चवारीमाइ स्थान र अन्य महत्त्वपूर्ण सम्पदा स्थलको संरक्षण र बिकास गर्न सहज हुनेमा विश्वस्त छु, निरीक्षणको उद्देश्य बुद्ध मावली दाबी गरिएको मर्चवारी–२ स्थित ‘देउरवा स्तूपा’ …

0 comment
0 FacebookTwitterEmail

कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित एक सामुदायिक विद्यालयको बस निजी विद्यालयले सञ्चालन गरेको छ । विद्यार्थीहरूको सुविधाका लागि खरिद खरिएको लु १ क ५५८१ नम्बरको सो बस, विद्यालय आफैँले सञ्चालन गर्न नसकेको भन्दै २०८० साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको हो ।

मर्चवार आदर्श मा.बि.ले बुद्ध उन्नोभेटिभ रिसर्च एन्ड टेक्निकल इन्स्टिच्युट प्रा. ली.द्वारा सञ्चालित विराट स्मार्ट नामको निजी विद्यालयलाई सो बस भाडामा दिएको जनाएको छ । प्रदेश सरकारको २५ लाख र विद्यालयबाट २ लाख ७८ हजारको साझेदारीमा २०७९ फागुन २३ गते सो बस खरिद गरिएको थियो ।

प्रदेश सांसद वसीउद्दीन खाँले उद्घाटन गर्नु भएको सो बस सञ्चालनका लागि श्रोत अभावमा झन्डै …

रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
0 comment
0 FacebookTwitterEmail

माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य बनाउने सरकारको नीति छ । तर नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिकाहरू आर्थिक अभावमा विद्यालय जान सकेका छैनन् ।

एक निजी विद्यालयको कक्षा २ सम्म अध्ययन गरेकी पुनम मुसहरले विद्यालय छोडेको एक वर्ष बित्न लाग्दा पनि कक्षा ३ मा उनको भर्ना हुन सकेको छैन । उनलाई विद्यालय जाने इच्छा त छ, तर उनले अध्ययन गरेको एपेक्स बोर्डिङ स्कुलको बाँकी शुल्क तिर्न नसक्दा गाउँ नजिकैको जनजागृति माध्यमिक विद्यालयले भर्ना लिएको छैन ।

केही वर्षअघि पुनमका बुबा धिमल मुसहरले उनीसँगै आफ्ना तीन छोराछोरीलाई नजिकैको एपेक्स बोर्डिङ स्कुलमा भर्ना गराए, तर आर्थिक अभावमा स्कुलको शुक्ल तिर्न …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ स्थित मुसहर बस्ती कठहवामा पहिलो पटक पक्की सडक निर्माण हुँदै छ। सडकको निर्माण कार्यबाट विपन्न बस्तीका बासिन्दा खुसी त छन्, तर सो कार्यमा मुख्य सेवाग्राही रहेको ४० घरपरिवार मुसहरहरूको सहभागिता छैन ।

“पहिला आलिजस्तो हिलाम्मे बाटो घर पुग्नु पर्दथ्यो, अब त्यो पीडा हटेकोमा खुसी छ”, गाउँमै पहिलो एसइई परीक्षा दिएका उमेश मुसहरले भने, “तर सडक निर्माणबारे आफूहरूलाई केही पनि थाहा नभएको बताए ।  सधैँभरि मिहिनेत मजदुरी गरी गुजारा चलाउने हामीले काम नपाउँदा दुखित पनि छौँ ।”

स्थानीयले सो सडक निर्माणको कार्य आफैँले गर्न चाहन्थे । उनीहरूको तर्क छ, “यसले रोजगारीको अवसर दिन्थ्यो र आर्थिक …

आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीका प्राचीन मूर्तिहरू लुम्बिनीभित्रै उपेक्षित अवस्थामा फेला परेका छन् । ती मूर्तिहरू लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वका प्रमाण हुन्, जसले त्यस क्षेत्रको धार्मिक धरोहरको झल्को दिन्छ । लुम्बिनी विकास कोषले खोज्दै जाँदा ती मूर्तिहरू लुम्बिनीको सङ्ग्रहालयभित्र धुलाम्मे अवस्थामा भेटिएका छन् ।

सूचनाको हक सम्बन्धी अभियानकर्ता राम विकास चौधरीले उत्खनन पूर्वको प्राचीन मायादेवी मन्दिरभित्र पूजापाठ हुँदै आएको मूर्तिहरूबारे चासो राख्दै लिखित सूचना माग गरेपछि लुम्बिनी विकास कोषको पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेती सहितको संयुक्त टोलीले सङ्ग्रहालयको स्टोर कोठाबाट ती मूर्तिहरू फेला परेका हुन् ।

सङ्ग्रहालयको स्टोर कोठाबाट प्राचीन मायादेवी मन्दिरमा बुद्ध जन्माङ्कृत महामायाको मूर्तिसँगै रहेको तामाको बुद्ध मूर्ति (करिब …

फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू
0 comment
0 FacebookTwitterEmail

लुम्बिनीस्थित मायादेवी मन्दिरभित्र अनधिकृत रूपमा मूर्ति राखिएको छ । पुरातत्त्व महाशाखाको अनुमतिबिना लुम्बिनी विकास कोषले २५६८औँ बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सो मूर्ति राखेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको जीवन्त सम्पदा स्थल मायादेवी मन्दिरभित्र नियम विपरीत अनधिकृत नयाँ बुद्ध मूर्ति राखिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

युनेस्को समेतले सम्पदा स्थलमा संरचनात्मक परिवर्तन र अनधिकृत कार्यको विषयमा चिन्ता व्यक्त गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न किन नपर्ने भनेर युनेस्कोले लुम्बिनी विकास कोषलाई १० बुँदे स्पष्टीकरणसमेत माग गरेको स्थितिमा मन्दिरभित्र उसको सहमतिबिना नयाँ

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved