पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग

रामविकास चौधरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री प्रसाद पाण्डे विरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मन्त्री पाण्डेले लुम्बिनीबासीला बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन् ।
लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री पाण्डे विकास कोषको परिषद् बैठकमा भाग लिन लुम्बिनी पुगेका थिए ।
संस्कृति मन्त्री पाण्डेलाई लुम्बिनी विकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापन पत्र बुझाउन समय माग गर्दा बेवास्ता गरेको र कोषको अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको बताएको छ ।
संस्कृति मन्त्री पाण्डेसहित विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन राइ, समेतको राजीनामा माग गर्दै सयौँको सङ्ख्यामा विरोधमा उत्रेपछि मात्र मन्त्रिलाई भेट्ने समय मिलाइएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।
मन्त्री पाण्डेले परिषद् बैठक रोकेर भेट्ने तथा ज्ञापन पत्र बुझ्ने समय मिलाएपछि मात्र अभियानले विरोधका अन्य कार्यक्रम फिर्ता लिएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “शान्तिपूर्ण कुरा नसुनिइदिने तथा आन्दोलित लुम्बिनीवासीका जायज मागलाई बेवास्ता गरी कोषका दुई-चार जना पदाधिकारी र कर्मचारीको कुरामा बहकिने मन्त्री पाण्डे सो पदका लागि योग्य छैनन् ।”

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले मन्त्रीको व्यस्त समय तालिकाका कारणले स्थानीयलाई समय दिन ढिलाइ हुन गएको बताए । उनले भने, “आफू पूर्ण निष्ठा र इमानदारीका साथ लुम्बिनीलाई बचाउन, बनाउन र गुरुयोजना पूरा गर्न लुम्बिनी आएको हो ।” लुम्बिनी विकास कोष भित्रैबाट आफूलाई असल काम गर्न असहयोग भइरहेको उनले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link