सिंगापुरमा शनिवार सम्पन्न चुनावमा सत्तारुढ पिपल्स एक्सन पार्टी (पिएपि)ले लगातार १४ औँ पटक चुनाव जितेको छ। पार्टीले सन् १९६५ पछि लगातार १४ औँ पटकको कीर्तिमान सहित आफ्नो अटुट छ दशकको शासनलाई पनि जारी राखेको छ। वर्तमान प्रधानमन्त्री समेत रहेका लरेन्स वङको नेतृत्वमा भएको चुनावमा उनलाई बलियो जनादेश प्राप्त भएको छ।
अमेरिकामा ट्रम्पको पुनरागमन पश्चात् सिर्जित विश्वव्यापी व्यापार युद्धको आर्थिक उथलपुथल बीच समुन्नत र विकसित सहरी-राज्य सिंगापुरको लागि यस चुनाव र आएको नतिजाको अर्को महत्त्व देखिन्छ।
शनिवार सम्पन्न निर्वाचनको पछिल्लो नतिजा अनुसार १९६५ को स्वतन्त्रता अघिदेखि सिंगापुरमा शासन गर्दै आएको पिएपिले ९७ संसदीय सिटहरू मध्ये ८७ जितेको छ भने ३३ निर्वाचन …
