प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे ।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यति बेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए । संविधान संशोधन, संघीयताको सबलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए।
सांसद गौतमले राष्ट्रिय निकुञ्ज …
