Home » विश्व » Page 18
Category:

विश्व

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गर्नुभएको छ ।

इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उहाँको यो भ्रमण हुन लागेको हो ।

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ। गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको …

0 comment
0 FacebookTwitterEmail

डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गर्नुभएमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ ।

उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो …

0 comment
0 FacebookTwitterEmail
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आगामी  प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।

अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु”, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभयो, “मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।”

ट्रम्पले होमनलाई ‘सबै

0 comment
0 FacebookTwitterEmail

गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

“अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” …

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताउनु भएको छ ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।

गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी …

0 comment
0 FacebookTwitterEmail

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनु भएको छ ।

प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्वपुर्ण र आमा –बाबासँग विताउनु पर्ने उमेर भएको उहाँले प्रष्ट पार्नु भएको छ ।

नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानून पारित भएपछि, कार्यान्वयनका …

0 comment
0 FacebookTwitterEmail

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई …

0 comment
0 FacebookTwitterEmail

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको …

0 comment
0 FacebookTwitterEmail

स्विङ राज्य, निर्वाचक मण्डलका मत, मतपत्रमा माथिदेखि तलसम्मका उम्मेदवार र लाखौँ सम्भावित मतदाताहरू– यहाँ सङ्ख्यामा अमेरिकी चुनावको विश्लेषण गरिएको छ ।

– दुई –

केही स्वतन्त्र उम्मेदवारले चुनाव लडे । कम्तीमा एक जना रोबर्ट एफ. केनेडी जुनियरले आँखीभौँहरू उचाल्ने खालका समाचार शीर्षकहरू बनाउनुभयो ।

तर अन्ततः राष्ट्रपति पदको दौड दुई विकल्पमा सीमित छ । प्रमुख पार्टीका दुई उम्मेदवारहरू डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्प ध्रुवीकृत अमेरिकाको नेतृत्व गर्न प्रयासरत हुनुहुन्छ ।

– पाँच –

नोभेम्बर ५– चुनाव दिन । परम्परागत रूपमा नोभेम्बरको पहिलो सोमबारपछिको मङ्गलबार ।

– सात –

स्विङ राज्यको सङ्ख्या – यी राज्यले कुनै एक पार्टीलाई स्पष्ट …

0 comment
0 FacebookTwitterEmail

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ ।

गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ ।

भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गर्नुभएको छ । यद्यपि, भाजपा र उहाँका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् ।

मोदी र शाहबीचकोस्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।…

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved