पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।
क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताउनु भएको छ ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।
पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।
गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।
भिडियो:
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भारतीय दलालको चंगुलमा नेपाली श्रमिक
- रुप फेर्ने रुपाताल !
- भुस पोल्ने पर्व !
- ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा
- आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल
- बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’
- रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर
- इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- कारागारबाट सुरुङ खनी फरार भएका व्यक्ति पक्राउ