Home » विश्व » Page 17
Category:

विश्व

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उहाँलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उहाँलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ ।…

0 comment
0 FacebookTwitterEmail

युरोपेली सङ्घ (इयूले )इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उहाँका पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताएको छ ।

निर्णयलाई अमेरिकाले ‘आधारभूत रूपमा अस्वीकार’ गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

“पक्राउ पुर्जी माग्ने अभियोजकको हतारो र प्रक्रियाको त्रुटिका कारण यो निर्णय भएकोमा हामी निकै चिन्तित छौं। संयुक्त राज्य अमेरिका स्पष्ट छ कि यस मामिलामा आईसीसीको क्षेत्राधिकार छैन,” अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भन्नुभयो ।

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेफ बोरेलले भन्नुभयो, “नेतन्याहु, ग्यालेन्ट र देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र …

0 comment
0 FacebookTwitterEmail

हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लङ्घन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका छन् ।

“हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको सार्वभौमिकताको संरक्षण’ इजरायली शत्रुले चाहेको बेला लेबनानी क्षेत्र प्रवेश गर्न सक्दैन,” कासिमले भिडियोमार्फत् सार्वजनिक एक भाषणमा भन्नुभयो ।

“इजरायलले हामीलाई हराउन सक्दैन र हामीमाथि आफ्ना शर्तहरू थोपर्न पनि सक्दैन,” अमेरिकी दूत अमोस होचस्टाइनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौताका लागि मध्यस्थता गर्ने उद्देश्यले बेरुतको दुई दिने भ्रमण पूरा गरेका बेला उहाँले भन्नुभयो ।

होचस्टीनले मङ्गलबार बेरुतमा आफूले युद्ध अन्त्य गर्ने ‘वास्तविक अवसर’ देखेको बताउँदै उहाँले बुधबार आफू इजरायल जान लागेको बताउनुभयो ।

बेरुतमा उहाँले इरान …

0 comment
0 FacebookTwitterEmail

गएको जुन० मा रेडियो फ्रान्स इन्टरनेसनल, लिबरेसनका साथै स्विस र बेल्जियमका सार्वजनिक रेडियोका लागि काम गर्ने फ्रान्सेली पत्रकार सेबास्टियन फारिसले ट्विटरमा भारतको सरकारले आफ्नो ‘ओर्किङ भिसा’ नवीकरण गर्न अस्वीकार गरेको सार्वजनिक गरे । ट्विटरमा उनले लेखे – “भारतले मलाई आफ्नो पेशागत काम गर्नबाट किन रोकेको भन्नेबारे कुनै स्पष्टीकरण नदीएको र मलाई मेरो सबै आम्दानी श्रोतहरुबाट वञ्चित गरेको छ”। फार्सिसले नोवेम्बर १० मा भारत छोडेका थिए ।

तीन वर्ष अघि सन् २०२१ मार्चमा  भारतीय सरकारले भारतीय नागरिकसँग विवाह गरेको आधारमा ओभरसीज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड भएका विदेशी संवाददाताहरूलाई पनि श्रम स्वीकृति लिन अनिवार्य बनायो । भारतीय …

0 comment
0 FacebookTwitterEmail

जर्मनीले सोमबार युक्रेनलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्देशित चार हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ ।

रूसको आक्रमणविरुद्धको लडाइँमा युक्रेनलाई दोस्रो धेरै सैन्य सहायता प्रदान गर्ने मुलुक जर्मनी हो ।

रक्षामन्त्री बोरिस पिस्टोरियसले बाभेरियामा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उपलब्ध गराइएका ड्रोनहरू ‘एआईद्वारा निर्देशित र समर्थित’ भएको र यसले शत्रुको इलेक्ट्रोनिक ड्रोन प्रतिरक्षालाई बाहिर निकाल्न सक्ने बताउनु भएको छ ।

पिस्टोरियसले भन्नुभयो, “ड्रोनहरू ‘धेरै छिटो पठाउन सकिन्छ’ र करिब ३० देखि ४० किलोमिटर टाढाबाट लडाकू पोस्ट, रसद केन्द्र र अन्य लक्ष्यहरूमा प्रहार गर्न सकिन्छ ।

बर्लिनले गत जुनमा युक्रेनलाई ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो तर त्यसबारे विस्तृत …

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, “करिब ४० देखि ५० जना सशस्त्र आतङ्ककारीले कलात जिल्लामा सक्रिय अर्धसैनिक लडाकू समूह ‘फ्रन्टियर कोर बलुचिस्तान’ ले सीमास्थित चौकीमा आक्रमण गर्दा सात सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।केही घण्टासम्म गोली हानाहान भएको उनले बताए ।

एक स्थानीय नागरिक प्रशासनिक अधिकारीले हताहतको सङ्ख्या पुष्टि गर्दै घाइतेहरूलाई ‘यस दुर्गम क्षेत्रबाट हेलिकप्टरको सहायतामा प्रान्तीय राजधानी क्वेटामा उपचारको लागि पठाइएको’ बताए ।

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) पृथकतावादी समूहका प्रवक्ता …

0 comment
0 FacebookTwitterEmail

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्नेे प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।

मन्त्रीपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धि दर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ ।

तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भएपनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ।

अघिल्लो वर्षको …

0 comment
0 FacebookTwitterEmail

लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ ।

लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ ।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् ।

पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण …

0 comment
0 FacebookTwitterEmail

विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।

ग्लोबल कार्बन प्रोजेक्टका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालको प्रारम्भिक अनुसन्धानका अनुसार तेल, ग्यास र कोइलाबाट हुने कार्बनडाइअक्साइड उत्सर्जन यस वर्ष रेकर्ड उचाइमा पुगेको छ ।

यो प्रतिवेदन आएको बेला नेताहरू जलवायु परिवर्तनसँग सामना गर्न कमजोर देशहरूलाई अनुकूलन गर्न र स्वच्छ ऊर्जामा सङ्क्रमण गर्न अधिक वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता गर्न अजरबैजानमा कोप२९ जलवायु वार्तामा भेला भएका थिए।

पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमालाई सीमित गर्ने …

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गर्नुभएको छ ।

इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उहाँको यो भ्रमण हुन लागेको हो ।

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ। गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved