Home » कृषि » Page 6
Category:

कृषि

दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। १२ जेठमा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो।

सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यावसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताउनुभयो। “हामीले अरुले गरेको विकास र प्रविधिलाई हेर्न, रमाउन र किनेर खानमात्र जानेका छौँ। हिजो स्वतस्फुर्तरूपमा जङ्गलमा उम्रेका टिमुर खाने गरेका थियौँ, अहिले त्यति पनि गर्नसकेका छैनौँ। यो सम्मेलनले टिमुरको महत्व र त्यसको व्यवसायीकरणमा लाग्न सन्देश प्रवाह गर्ने छ”, सभामुख घर्तीले भन्नुभयो। विगतको वस्तु विनिमयको समयमा समेत टिमुरको महत्व निकै रहेको स्मरण गर्दै उहाँले यसलाई थप व्यावसायीकरण गर्न …

0 comment
0 FacebookTwitterEmail
पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै हुनुहुन्थ्यो । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उहाँले पुल बनेपछि आउजाउ सहज बनेको सुनाउनुभयो । “पहिले एक घण्टा लाग्थ्यो, अहिले दश-पन्ध्र मिनेटमा खेतमा पुगिन्छ”, पौडेलले भन्नुभयो, “पुल बनेपछि धेरै सुविस्ता भएको छ ।”

गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताउनुभयो । “पहिले यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती सुरु भएको छ”, उहाँले भन्नुभयो ।

हेम्जामा

0 comment
0 FacebookTwitterEmail
कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् ।

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि  पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य

0 comment
0 FacebookTwitterEmail

रुपन्देही  रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिराबहादुर केसी कृषि प्रेमी नेताको रूपमा पहिचान स्थापित छ । विस २०४७ साल देखि उनले देवदहमा शिव गङ्गा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

डेरी व्यवसायी एसोसियशनको केन्द्रीय सचिव समेत भैसकेका उनी नेपाली काँग्रेसका क्षेत्रीय सभापतिसमेत हुन । कृषि क्षेत्रमा केही गर्ने हुटहुटी बनाएका उनले आज भन्दा ४ वर्ष पहिला देवदहको विभिन्न स्थानमा कृषि उद्यमीहरू जम्मा पारेर सुरुवात गरिएको कृषि फार्मले अहिले मूर्तरूप लिएको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ सिसपुरमा देवदह ग्रिन एग्रो रिसर्च एन्ड रिसोर्स प्रालि स्थापना गरी व्यवसायीक कृषिको सुरुवात गरिएको हो । फार्ममा अहिले लटरम्म …

0 comment
0 FacebookTwitterEmail

पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन्। प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन। समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो।  “स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन्। फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन्। वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो। हाल प्रतिकेजी ८० मा …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आउनुभएको छ । “दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ”, उहाँले भन्नुभयो, “आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ”उहाँका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्नुहुन्छ ।

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा …

0 comment
0 FacebookTwitterEmail

बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन्। जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन्। पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ। विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ। त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन्।

दुई/चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो। त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो। पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताउनुभयो।

पश्चिम …

0 comment
0 FacebookTwitterEmail

जेठो बुढोलगायतका रैथाने धानको प्रजाति हराउँदै गएका छन्। पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन्। औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ।

पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। महानगरपालिकाले स्थानीय जातको संरक्षण एवं प्रवर्ध्दन गर्ने उद्देश्यका साथ यस वर्ष नौ हजार किलो पोखरोली जेठो बुढो, पहेँले, …

0 comment
0 FacebookTwitterEmail

कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा …

0 comment
0 FacebookTwitterEmail

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।

सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उहाँले भन्नुभयो, “वनमा पहिला बेल …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved