स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिल्लारियालको घरेलु मैदानमा भएको खेल २-१ ले जितेर रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
गएराति भिलारियललाई रियलले २-१ गोलले पराजित गरेको खेलमा दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए।
सातौं मिनेटमा जुआन फोयथले गोल गरेपछि रियल पछि परेको थियो। एम्बाप्पेले १३ औं मिनेटमा बराबरी गोल फर्काए भने २३ औं मिनेटमा गोल थपे। उनको त्यही गोल खेलमा निर्णायक बन्यो।
जितसँगै रियाल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ, जो शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ …
