Home » ताजा खबर » Page 15
Category:

ताजा खबर

पर्वतको कुसमा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुस्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ। दुर्घटनामा …

पर्वतमा भएको जीप दुर्घटनामा परी एक बालिकाको मृत्यु, ११ जना घाइते
0 comment
0 FacebookTwitterEmail

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।

बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ। सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उहाँले बताउनुभयो।

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो। …

पुल भाँचिएपछि बेँसीसहर–चामे सडक अवरुद्ध
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा बुधबाबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राडा. युवराज शर्माले आज बिहान ८ः३३ मा दाहालको निधन भएको जानकारी दिनुभयो ।

दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) की रोगी उहाँको यसअघि भारतमा पनि उपचार भएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार बिहान आठ बजेतिर नर्भिक लगिएको थियो । आकस्मिक कक्षमा सीपीआरलगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी …

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन
0 comment
0 FacebookTwitterEmail

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगुको संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेंगु सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगु नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’

डा. मरासिनीका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको संख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै …

बर्खा लागेसँगै भयावह बन्दै डेंगु
0 comment
0 FacebookTwitterEmail

निजामती कर्मचारी सेवा ऐन ल्याउने लुम्बिनी सरकारको निर्णय प्रदेश सरकार स्थापना भएको ६ वर्षपछि लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले कर्मचारीको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।

बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभासमक्ष पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीको वृद्धि विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र …

0 comment
0 FacebookTwitterEmail

आर्थिक वर्ष २०७८-७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम पाँच हजार रूपैयाँ जरिवाना समेतका लागि आयोगलाई पत्र लेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजामती कर्मचारीका तीन हजार …

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
0 comment
0 FacebookTwitterEmail

 बिहीबार नेपालका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको बताइएको छ।

आज राति …

आज कहाँ-कहाँ हुँदैछ हावाहुरीसहित वर्षा?
0 comment
0 FacebookTwitterEmail

खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ लाई क्रियटिभ बुक्सले प्रकाशन गर्ने भएको छ। यो नेपाली खेलकुद्को समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक हो। खेल पत्रकार नवीन अर्यालको सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यसै महिना काठमाडौंमा सार्वजनिक गरिने भएको छ। लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मको खेलकुद वृत्तान्त समेटिएको छ। पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको छ। यसैगरी सिमित साधन स्रोत हुँदा पनि नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई …

नवीन अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’
0 comment
0 FacebookTwitterEmail

चीनको एक रेस्टुरेन्टोमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। यिनचुआन सहरमा बुधबार भएको घटनामा परी ७ जना घाइते भएका छन्।

चिनिया सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास लिक हुँदा सो घटना भएको हो।

ड्रागन बोट फेस्टिभलको तयारी चलिरहेकाले घटना हुँदा वरिपरिको इलाकामा निकै भीडभाड रहेको बताइएको छ।

दमकल विभागका एक अधिकारीका अनुसार रेस्टुरेन्टमा पहिले पड्किएको आवाज आयो। लगत्तै ह्वारह्वार आगो बल्न थाल्यो। समयमै दमकल पुगेकाले आगो नियन्त्रणमा आयो र धेरै थप क्षति हुनबाट जोगियो।

रेस्टुरेन्टमा भएको घटनापछि सरकारको सुरक्षा मापदण्डलाई लिएर प्रश्न उठेका छन्। बाक्लो बस्ती रहेको इलाकालाई सुरक्षित बनाउन स्थानीयले सरकारसँग मागसमेत गरेका छन्।

आवासीय क्षेत्रमा आगो लागेको यो …

चीनको एक रेस्टुरेन्टमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गर्नुभएको छ। बिहीबार बिहान प्रसारित देशान्तर संवादमा बोल्दै उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ।’

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नीजस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रिएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचारजस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ,’ मोर्चा बन्नुका कारण उहाँले यसरी खुलाउनुभयो।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेस्ट पनि हुने …

मोर्चा हुँदै बृहत् वाम एकता : मेटमणि चौधरी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved