Home » नीति/राजनीति » Page 11
Category:

नीति/राजनीति

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन्। पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन्। पञ्चायतका प्रारम्भिक दिनमै विसं २०१९ असोज ४ गते प्रजातन्त्रका पक्षमा लडेका मिश्रलाई सम्सीमा प्रहरीले समातेर गोली हानेको थियो।

भर्खर २० वर्ष टेक्दै गरेको अवस्थामा पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय हुनुभएका मिश्र नेपाली कांग्रेसको आह्वानमा सशस्त्र सङ्घर्षमा होमिएर सम्सी प्रहरीचौकी कब्जा गर्ने क्रममा सहिद हुनुभएको पाका सम्सीवासीलाई ताजै छ। “उच्च शिक्षा लिएका भर्भराउँदो उमेरका मिश्रका भाषणले त्यतिखेर रगत उमाल्थ्यो”, मनराका बासिन्दा ८० वर्षीय रामचन्द्र मिश्र सहिद शिवचन्द्रलाई सम्झँदै भन्नुहुन्छ, “निकै लामो …

सहादतस्थल सम्सीमै बन्यो प्रजातान्त्रिक योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताउनुभएको छ। नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा  माघ १७ मा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु। त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात् गरिएका विषयवस्तुहरू नेपाल …

0 comment
0 FacebookTwitterEmail

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको  छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेर गुल्मी जिल्लामै उत्कृष्ट पालिका बनेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५

0 comment
0 FacebookTwitterEmail

श्रीलङ्काको ‘पापड’  राजनीतिक संस्कृतिको बारेमा कुरा गर्ने धृष्टता रनिल विक्रमासिङ्घे वा उहाँका नजिकका साथी महिन्दा राजापाक्षेको वंशावली राजनीतिमा मात्रै हुनसक्छ र अहिलेको चर्चामा रहेको छ, देशको सबैभन्दा क्रूर कानुन, अनलाइन सुरक्षा विधेयक ।

स्वादिलो पापड र बेस्वाद राजनीतिज्ञ ?

स्थानीय सन्दर्भसँग अपरिचितहरूका लागि पापड कुरा स्पष्ट पारौँ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले यस हप्ता अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागका अधिकारीहरूलाई सम्बोधनको अवसरमा पापडवाला टिप्पणी गरेका थिए। ‘श्रीलङ्काको राजनीतिक परिदृश्य प्रायः ‘पापड’ जस्तै  छ, तावामा राखेर फुलाउँदा मिठो त हुन्छ तर अर्को दिन अर्को पापड नखाएसम्म त्यो स्वाद बिर्सिइन्छ,’ उनले भनेका थिए।

गहिरिएर हेर्दा यो देशको राजनीतिक संस्कृति मात्रै होइन, यसका राजनीतिज्ञहरू …

0 comment
0 FacebookTwitterEmail

नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको  स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि  नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “एकल तथा साझा अधिकारबारे देखिएका अन्यौलता तीनै तहबाट हट्नेछन् ।”

काठमाडौँ सिंहदरबारमा माघ १४ गते आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री दाहालले तीनै तहका संवैधानिक अधिकार र संवेदनशीलता विचार गरेर तहगत अधिकारलाई थप प्रस्ट पारिने बताउनुभयो । उहाँले तीनै तहका सरकारको अधिकारमा स्पष्टता आएपछि मात्र हरेक तहको सेवा प्रवाहमा सुधार भई सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि हुने उल्लेख गर्नुभयो ।

“तीनै तहका सरकारबाट प्राप्त सुझाव, अभ्यास र अनुभवका आधारमा मस्यौदा तयार गरिएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ। महामन्त्री थापाले माघ १३  बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो। उहाँले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभयो। महामन्त्री थापाले आफूहरू भुर्इंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो।

“जनतामा निराश छ। त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर नेपाली …

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको आज सार्वजनिक पूर्णपाठमा आयोगको काम कारबाही प्रभावकारी बनाउन ऐन सशोधन प्रक्रिया बढाउन निर्देशनात्मक आदेश गरेको हो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, “आयोगबाट सिफारिस भई मुद्दा चलाउन महान्यायाधिवक्ता समक्ष पेश भएका मुद्दा चलाउन, मानवअधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गर्न, त्यस्ता व्यक्तिलाई कुनै संवैधानिक वा सार्वजनिक पदमा नियुक्ति तथा बढुवा वा कुनै सुविधा प्रदान नगर्नू ।”

अदालतले करिब पाँच वर्षभन्दा पहिले आयोगबाट गरिएका सिफारिस प्राभावकारी कार्यान्वयन नभएको सम्बन्धमा अधिवक्ता वीरेन्द्र थपलियाले …

मानवअधिकार उल्लङ्घनकर्तालाई सार्वजनिक पदमा नियुक्ति तथा बढुवा वा कुनै सुविधा नदिनुः सर्वोच्च अदालत
0 comment
0 FacebookTwitterEmail
Rastriya Shava Election

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। माघ ११ गते बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी हुनुभएको छ।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो।…

Rastriya Shava Election
0 comment
0 FacebookTwitterEmail

भिजिट भिसामा विदेश जाने र उतै लुकेर बस्ने वा अलपत्र क्रम बढेपछि सरकारले भिजिट भिसाका नियमहरू फेरेको छ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले ६ बुँदे नयाँ व्यवस्था सहितको  ट्राभल एडभाइजरी जारी गरेको छ। आज बुधवार देखि लागू हुने गरी जारी गरिएको नयाँ नियम अनुसार अब भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी (पासपोर्ट) तथा गन्तव्य देशको भिसा र दुईतर्फी टिकट हुनुपर्नेछ।

विभागले हिजो मङ्गलवार भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदामा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको थियो।  जसअनुसार भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved