Home » नीति/राजनीति » Page 10
Category:

नीति/राजनीति

लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।

रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको माघ २८ गतेको बैठकले निर्देशन दिएको हो।

“लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सम्झौता आजैका मितिदेखि खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ”, लेखा समिति सभापति ऋषिकेश पोखरेलले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान अघि बढाउन र यस्तो काम अरु कुनै ठाउँमा नहोस् भन्ने सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिने …

0 comment
0 FacebookTwitterEmail

प्रेस काउन्सिल नेपालले सामजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा माघ २६ गते काठमाडौँमा आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो। सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।

“भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सिनु भएन। सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ”, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो। पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द गराउने निर्णय भएको छ । साथै लाइसेन्सका परीक्षार्थीहरूलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने निर्णय पनि मन्त्रालयले गरेको छ ।

उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले मन्त्रालयका सचिव उमेश ढुङ्गानासहित नौ वटै यातायात कार्यालयका प्रमुखहरूको संयुक्त बैठक बसाएर उक्त निर्णय गराएका हुन् ।

फरक–फरक स्थानमा दर्ता भएका ड्राइभिङ स्कुलहरूलाई यातायात कार्यालयमा सूचीकरण गर्ने र यातायात व्यवस्था विभागले बनाएको मापदण्ड नपुगेकालाई बन्द गराउने निर्णय बैठकले गरेको मन्त्री थापाले बताउनुभयो।

प्रदेशभरका जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको

लुम्बिनीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द हुने
0 comment
0 FacebookTwitterEmail

नागरिक अगुवाले जनताको अपेक्षाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताइरहँदा राजनीतिक दलका नेताहरूले भने जनआकाङ्क्षाअनुरुप लामो सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई समृद्ध बनाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

नेपाल अध्ययन केन्द्रले ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयमा २३ माघमा काठमाडौँमा आयोजना गरेको राष्ट्रिय गोष्ठीमा उनीहरूले संविधानअनुरुपका संरचना सक्रिय नभएका र राजनीतिक दलहरूमा पनि परम्परागत सोच कायमै रहेकाले अपेक्षित सुधार आउन नसकेको बताउनुभयो ।

नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास अपेक्षाअनुरुप नभएको टिप्पणी गर्नुभयो । “संविधानको व्यवस्था । जनअपेक्षाअनुरुप व्यवस्था प्रभावकारी हुनसकेन कि भन्ने चिन्तो छ”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “केही नभएको होइन, संविधान …

0 comment
0 FacebookTwitterEmail

इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरूले धारणा राखेका छन्। सामाजिक सञ्जालमात्र नभई मूलधारका सञ्चारमाध्यमहरू पनि बालबालिको अधिकार र सुरक्षाका मामलामा गम्भीर हुन नसकेको उहाँहरूको भनाइ छ।

प्रेस काउन्सिल नेपालले माघ २३ गते काठमाडौँमा आयोजना गरेको अनलाइनमा बाल संरक्षण सम्बन्धमा मिडियाको भूमिका विषयक राष्ट्रिय कार्यशालाका वक्ताहरूले बालबालिकाको अधिकारसँग सम्बन्धित विद्यमान कानूनको उल्लंघन हुनेगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयवस्तुको प्रभावकारी नियमन तथा अनुगमनको समेत आवश्यकता औल्याउनुभएको हो। त्यस्तै, यो विषयलाई कानूनी रुपमै सम्बोधन गर्नका लागि सरोकारवाला निकाय र पक्ष जिम्मेवार हुनुपर्ने पनि उहाँहरूको भनाइ छ।…

0 comment
0 FacebookTwitterEmail

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताउनुभएको छ। ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उहाँले बताउनुभयो।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको माघ २३ मा जवाफ दिँदै मन्त्री शर्माले भन्नुभयो– “ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो।”

केही अत्यावश्यक भन्ने उल्लेख भए कानुनको पाटोबाट त्यसलाई मिलाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो। “विधेयकमा कर्मचारीका विषयमा केही लेखिएको रहेछ भने पनि त्यसमा हेरौँला। अन्यथा केही थपट र उल्लेख गर्न परेन भन्ने लाग्छ।”

त्यसअघि बैठकमा विधेयकमाथि संशोधनकर्ताका …

0 comment
0 FacebookTwitterEmail

कतै आवश्यकता भन्दा बढी त कतै अभाव रहेको कर्मचारीको दरबन्दी पुनरावलोकन गर्नेतर्फ सरकारी कार्यालयहरूले उदासीनता देखाएका छन्। सरकारी कार्यालयहरूको सुस्त कार्यशैली कै कारण सरकारले चालू आर्थिक वर्षको बजेटमा कर्मचारी प्रशासनलाई छरितो बनाउन गरेको घोषणा समेत अपूरै रहने देखिएको छ।  सार्वजनिक प्रशासनमा विद्यमान संरचना र कर्मचारीको दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रयासरत रहेको दाबी गर्छ तर प्रगति भने अपेक्षित छैन।

मन्त्रालयले सरकारी निकायहरूमा कर्मचारीको दरबन्दी पुनरावलोकन गर्न गत मङ्सिर भित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सर्भे गरिसक्न सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गरेको थियो। तर हालसम्म दुई बटा सरकारी कार्यालयले मात्र ओएनएम सर्भे

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र गतिमा अघि  बढाएको छ। पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो।

हाल देशभरबाट  ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो। महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन भन्दा बढी महासमिति सदस्य रहनुहुनेछ।

महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ। बैठक तयारीका …

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै  विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ। साथै उहाँले आजदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ।

आजदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताउनुभयो। सभामुख घिमिरेले भन्नुभयो, “त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ। त्यसपछि पनि सोहीअनुसार नै जाऔँ भन्ने तयारीका साथ अघि बढ्ने सोच छ। बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ। …

0 comment
0 FacebookTwitterEmail

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ। पोखरामा माघ २०  मा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरु कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved