नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन्। पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन्। पञ्चायतका प्रारम्भिक दिनमै विसं २०१९ असोज ४ गते प्रजातन्त्रका पक्षमा लडेका मिश्रलाई सम्सीमा प्रहरीले समातेर गोली हानेको थियो।
भर्खर २० वर्ष टेक्दै गरेको अवस्थामा पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय हुनुभएका मिश्र नेपाली कांग्रेसको आह्वानमा सशस्त्र सङ्घर्षमा होमिएर सम्सी प्रहरीचौकी कब्जा गर्ने क्रममा सहिद हुनुभएको पाका सम्सीवासीलाई ताजै छ। “उच्च शिक्षा लिएका भर्भराउँदो उमेरका मिश्रका भाषणले त्यतिखेर रगत उमाल्थ्यो”, मनराका बासिन्दा ८० वर्षीय रामचन्द्र मिश्र सहिद शिवचन्द्रलाई सम्झँदै भन्नुहुन्छ, “निकै लामो …
