केही वर्षदेखि नेपालले अभ्यासमा ल्याएको आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी दस्तावेज सम्बन्धमा संसदमा गरिने छलफललाई पूर्व बजेट छलफल भनिने गरेपनि यथार्थमा यो पूर्व बजेट बहस हुन सकेको छैन। आजदेखि प्रतिनिधि सभामा अर्थमन्त्रीले हिजो पेश गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनको व्यवस्था अनुसार यो वर्ष पूर्व बजेट छलफल भइरहेको छैन।
आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी अर्थ मन्त्रालयको दस्तावेजमा पूर्व बजेट विवरणको कुनै पनि विशेषता नहुँदा अन्तराष्ट्रिय मापदण्डमा नेपालले बजेट पारदर्शिताको स्तरमा शून्य अङ्क पाइरहेको छ। इनटरनेशनल बजेट पार्टनरसिप (आईबीपी) नामक अन्तराष्ट्रिय संस्थाले गर्दै आएको मूल्याङ्कनमा बजेट दस्ताबेजहरूको गुणस्तर, उपलब्धता, पहुँच …
