Home » साहित्य/कला/संस्कृति » Page 15
Category:

साहित्य/कला/संस्कृति

गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ ।

बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिकरुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताउनुभयो ।

सार्वजनिक विवरणअनुसार गुठीले  ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान

0 comment
0 FacebookTwitterEmail

गाउँबाट युवा गायब हुन थालेपछि वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको माघ शुक्लपञ्चमीसँग जोडिएका कतिपय परम्परा हराउन थालेका छन्। श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरूको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ। यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन्। महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमीका दिन मनाइने कृषिसम्बद्ध परम्परा देखिन छाडेका छन्।

मिथिलाक्षेत्रमा श्रीपञ्चमीकै दिन गरिने वर्षभरका कृषिकाम गर्ने श्रमिक चयन गर्ने, कृषि ज्यावल मर्मत गर्ने लोहार पक्कापक्की गर्ने र बाँझो खेतमा एकै छिन भएपनि हलो घुमाउने परम्परा अब देखिन छाडेको छ। यहाँका गाउँ बस्तीमा कृषि कार्यका श्रमिक पाउनै छाडिएपछि यी परम्परा हराउँदै गएको भङ्गाहा–४ थारुटोल बनराका …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—६

द्रौपदीको जीवनले कसैलाई उत्प्रेरणा दिन्छ भने कतिमा नैराश्यता पनि पैदा गर्छ। कारण हो उनको जीवनको आरोह अवरोह। पटरानी भएर बसेकी सम्राट युधिष्ठिरकी बडामहारानी द्रौपदी जस्तीले पनि जुवाको खालमा हारिनु परेको थियो। कारण त धेरै थिए तर खासमा सत्ताको वागडोरका कारणले नै त्यस्तो भएको थियो।

हस्तिनापुर विभाजित भयो। हस्तिनापुरका चक्रवर्ती सम्राटहरूका प्रयासले हजारौँ गणराज्यहरूको एकल साम्राज्यका रुपमा गणना गरिएका महाराज धृतराष्ट्रको अखण्ड भारत आन्तरिकरुपमा विभाजित भएर इन्द्रप्रस्थ र हस्तिनापुर दुई ठाउँमा राजधानी भएको सत्य थियो। त्यो राज्यको भागबन्डा नै थियो। दुई परिवारको मिलन सम्भव नहुने देखिए पछि र पाण्डवहरूलाई जसो गर्दा पनि पन्छाउन नसकेपछि अर्को षडयन्त्र …

0 comment
0 FacebookTwitterEmail

तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।

विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि  मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख ।  यो गाउँ बागलुङका धार्मिक पर्यटकीयस्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्बन्ध रहेको गाउँ हो । गोश्वराको पुछारमा अवस्थित सानालेख गाउँका धेरै ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिसके पनि बचेको एउटा धारो (ठकुरीको पँधेरो) भने यहाँका बासिन्दाको इतिहास झल्काउने, सानालेखका

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी —५

द्रौपदीको विवाहको पनि बेग्लै कथा रह्यो। एकजना ब्राह्मण कुमारले प्रतिस्पर्धा जितेर बाजी मारेको प्रतिफलमा पाँचजनाको हक लाग्ने भयो अनेकानेक कारणले। ती अनेक कारणहरूको व्याख्या र पूर्वजन्मको भागभोगसहित परिणाम भनेर जब श्री कृष्णद्वैपायनले पाँच कुमारहरूकै लागि यी अयोनिजा कन्याको जन्म भएको हो भनेर ठोकुवा गरेपछि कसले के बोल्ने र ?

महाभारत र पुराणहरूमा वर्णित डुलुवा ऋषिहरूको प्रसङ्ग बेलाबेलामा आउँछ। कहिले ऋषि दुर्वासाको प्रसङ्ग आउँछ, कहिले सप्तऋषिको प्रसङ्ग आउँछ त कहिले देवर्षि नारदको प्रसङ्ग आउँछ। यस्तै प्रसङ्ग रहेछ, देवर्षि नारदका बारेमा। जब द्रौपदीको विवाह पाँच पाण्डव कुमारहरूसँग भयो र अनेक बहानामा, चाहे पूर्वजन्मको बहानामा, चाहे स्वर्गका …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४

पाण्डवहरू किन खाण्डवप्रस्थ (खाण्डव वन) जानु परेको थियो ?अनि कसरी खाण्डवप्रस्थ इन्द्रप्रस्थ हुन पुगेको थियो ? अनि युधिष्ठिरलाई कसरी युवराजको पदवी दिएर हस्तिनापुरबाट सम्मानसाथ हटाइएको थियो ? किनभने युवराज भनेको राजाको उत्तराधिकारी हुनुपर्ने तर युवराजलाई किन राजाबाट टाढा टाढा पठाइयो ? अनि दृष्टिविहीन महाराज धृतराष्ट्रको उत्तराधिकारी को थियो ? या स्वयं धृतराष्ट्र आफूलाई कार्यवाहक महाराजका रूपमा मान्थे र पाण्डुको असली उत्तराधिकारीसँग तर्सन्थे र उसलाई आफू र आफ्ना भावी उत्तराधिकारीको आँखा सामुन्नेबाट सदाका लागि हटाउन चाहन्थे ?

महाभारतमा द्रौपदी स्वयंवरपछि बल्ल वसुदेव पुत्र वासुदेव कृष्णको प्रादुर्भाव हुन्छ। यसअघि धेरै घटना भएका हुन्छन् तर कृष्णको कतै प्रसङ्ग …

0 comment
0 FacebookTwitterEmail

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीहरूको श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । 

समितिले विगतको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन

0 comment
0 FacebookTwitterEmail
द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३

द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन्। महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए। युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए। अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पूजित थिए। गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यो बेलामा कोही पनि थिएन। थिए त कर्ण जो अर्जुनबाट नै अज्ञानतावश मारिएका थिए महाभारतको युद्धमा। अज्ञानतावश भन्नुको तात्पर्य हो, जलाञ्जलि दिने बेलामा मात्र थाहा भएको थियो, कर्ण त ज्येष्ठ कुन्ती पुत्र थिए भन्ने कुरा माता महारानी कुन्तीकै मुखबाट। कारण थियो, कर्णका बालिग छोराहरू सबै विभिन्न युद्धमा मारिएका थिए र एउटा नाबालिग मात्र दरबारमा थियो। त्यसैले कर्णलाई जल तर्पण दिनका लागि राजमाता महारानीले …

0 comment
0 FacebookTwitterEmail
बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्व नदिएको पाइन्छ ।

बागलुङका मगर तथा छन्त्याल जातीले आजको दिन अर्थात् माघे सङ्क्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गर्दथे । यसअघिका वर्षमा बागलुङ बजारमा ठूलो तामझामका साथ मेला लाग्ने गरेकामा अहिले धेरै ठाउँ सुनसान छन् ।

माघे सङ्क्रान्तिमा आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै (डम्फु बजाएर नाच्ने) प्रचलन थियो । पछिल्लो समय निसीखोला गाउँपालिका–१ को लेबाङ, निसीखोला–५ को निसी र ६ को भल्कोट गाउँ बाहेक अन्य ठाउँमा होरे कापै खैलने प्रचलन हराएको छ । होरे
0 comment
0 FacebookTwitterEmail

गुल्मी  पाल्पा, र स्याङ्जाको सङ्गमस्थल रिडीको रुरु क्षेत्रमा छ दिनसम्म लाग्ने माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । रुरु क्षेत्रमा माघे सङ्क्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । काली गण्डकीमा स्नान गर्ने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषि केशव मन्दिरमा रहेको रुरु कन्याको दर्शन गर्ने प्रचलन रहेको अर्गलीका शोभाकर न्यौपानेले बताउनुभयो । नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालु भक्तजनहरू रुरु क्षेत्रमा स्नान र रुरु कन्याको दर्शन गर्न आउने गरेका छन् ।

ऋषि केशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार- ‘जेठी, माहिली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषि केशव मन्दिरमा दर्शन गर्ने परम्परा रहेको

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडी धाममा माघे सङ्क्रान्तिको मेला सुरु
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved