महाभारत
महाभारत नामक ग्रन्थलाई संसारमा अहिलेसम्म रचिएका एकै प्रसङ्गमा भनिएका ग्रन्थहरूमध्ये सबैभन्दा बृहत् काव्य मानिन्छ। पहिले जय नामको ग्रन्थ तयार भएको थियो र पछि त्यसलाई महाभारत भनियो। महाभारतको भारत अर्थात् भरतका सन्तानको महान गाथा संग्रह जसलाई महाभारत भनिन्छ। सीमित अर्थमा महाभारतलाई इतिहास वा काव्य भन्न सकिन्छ, वास्तवमा महाभारत एक सम्पूर्ण साहित्य हो र पौरस्त्य सम्पदा पनि हो जसले विश्व साहित्यमा अग्रणी स्थान लिएको छ।
महाभारतको शाब्दिक अर्थ हुन्छ—भारतका मानिसहरूको वा भरतवंशीहरूको युद्धको महान आख्यान। ऋग्वेदमा भारतीयहरूलाई लडाकु जाति भनेर सम्बोधन गरिएको छ र ब्राह्मणमा दुष्यन्त र शकुन्तलाका छोरा भरतलाई भारत राजवंशको पूर्व पुरुष मानिएको छ। आधुनिक भारतको नामसमेत उनै चक्रवर्ती …