Home » साहित्य/कला/संस्कृति » Page 22
Category:

साहित्य/कला/संस्कृति

सान बर्नार्डिनो काउन्टी शेरिफ विभागले जारी गरेको विज्ञप्ति अनुसार क्यालिफोर्नियाको माउन्ट बाल्डीमा भेटिएको शव बेपत्ता भएका बेलायती अभिनेता जुलियन स्यान्ड्सको भएको पहिचान गरिएको छ। मृत्युको कारण अनुसन्धान जारी छ, थप परीक्षणको नतिजा आउन बाँकी छ।

लस एन्जलसबाट करिब ५० माइल (८० किलोमिटर) उत्तरपूर्वमा रहेको सान गेब्रियल माउन्टेन्सको हिउँले ढाकिएको बाल्डी बाउल क्षेत्रमा एकल पदयात्रामा जाँदा जनवरी १३ मा सेन्ड्स बेपत्ता भएका थिए। हिउँले ढाकिएको बाल्डी बाउल क्षेत्रको खतरनाक अवस्था र हिमपहिरोको जोखिमका कारण खोजीकर्ताहरूले मुख्य रूपमा ड्रोन र हेलिकप्टरहरू प्रयोग गरेको थियो।

जुन २४ मा, पदयात्रीहरूले माउन्ट बाल्डीमा मानव अवशेषहरू भेटिएको जानकारी अधिकारीहरूलाई दिएका थिए । त्यसपछि मृतकको पहिचान पत्ता …

बेलायती अभिनेता जुलियन स्यान्ड्सको मृत्यु भएको पुष्टि, फेला परेको शवको पहिचान
0 comment
0 FacebookTwitterEmail

अघिल्लो अङ्क र यो क्रमागत अङ्कमा यक्ष प्रश्नहरू राखियो। यी कुराहरू आजभन्दा ६ हजार वर्ष अघि लेखिएको र सोही विषयको ज्ञान महर्षि व्यासले आफ्ना शिष्यहरू शुकदेव, पैल, वैशम्पायन र जैमिनिलाई सुनाउनु भएको थियो। महाभारतको युद्ध समाप्त भएपछि कलियुगको सूत्रपात भइसकेको बेलामा पाण्डवका एकमात्र आधिकारिक कुरुवंशीय भनेर जीवित सन्तान परीक्षितको पनि सर्पदंशबाट मृत्यु भएपछि उनका छोरा जन्मेजयलाई व्यासको कथनानुसारको कुरुवंशीय इतिहास वैशम्पायनले सुनाएका थिए। हुन त जैमिनिले पनि सुनाएका थिए भनिन्छ तर आजको महाभारतचाहिँ वैशम्पायनले सुनाएका इतिहास र कथाका सार मानिन्छ। त्यही क्रममा पाँच हजार वर्षभन्दा पहिलेको समाज, राजनीति, नैतिकता, धर्म, सत्य र सदाचारका बारेमा यक्षको स्वरूपमा स्वयं धर्मराजले सोधेका भनिएको

0 comment
0 FacebookTwitterEmail

बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको कालानमक चामललाई बुद्धको प्रसादका रुपमा ब्रान्डिङ गरेर लाभ लिन सकिने सम्भावनाबारे लुम्बिनीमा बहस सुरुभएको छ ।

लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरले आयोजना गरेको एक कार्यक्रममा कालानमक चामलको उत्पादन, प्रचारप्रसार र बजार व्यवस्थापन गर्नसके लाभदायी हुने राय सहभागीले दिएका छन्  ।

कालानमक चामलको प्याकेजिङ र ब्रान्डिङ सम्बन्धी यहाँ गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा यस अभियानका बिरेन्द्रनाथ पाण्डेले – “स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कृषि पर्यटनलाई बढावा दिन सकिन्छ भन्दै लुम्बिनीकै स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सके किसानलाई बढी लाभ हुने बताउनुभयो ।

“कालानमक चामललाई बुद्धको भोजनको रुपमा प्रयोग भएको मान्यता पनि छ,”

0 comment
0 FacebookTwitterEmail

के हो यक्ष प्रश्न ? हुन त जताततै गाह्रो प्रश्नलाई यक्ष प्रश्न भन्ने गरिएको सुनिन्छ।  पत्रकारितामा  पनि उत्तरदातालाई अप्ठ्यारो पार्ने कडा र र्‍याखर्‍याख्ती पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भनिएको छ। यक्ष प्रश्न त्यही हो त ? यो के कारणले र कसका कारणले त्यस्ता जीवन मरणका अनि कडा प्रश्नहरू सोधिएको पाइन्छ त श्रुतिस्मृतिमा ?

महाभारतको वनपर्वमा प्रसङ्ग आउँछ यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू जुन प्रश्नहरूको उत्तर अहिले पनि आर्यावर्तमा मात्र नभएर विश्व साहित्यमा समेत चर्चित छ यक्ष प्रश्नका नाममा।

वनबासी महाराज युधिष्ठिरको १२ वर्षको वनबास समाप्त हुनै लागेको थियो र एक वर्ष गुप्तबास बस्ने तयारीमा थिए पञ्चपाण्डव तथा द्रौपदी। काम्यक वनमा …

के हो यक्ष प्रश्न?
0 comment
0 FacebookTwitterEmail

हिमाल पारीको भूमि  मुस्ताङ जिल्लामा समुन्द्री सतहबाट झण्डै २७१० मिटरको उचाइमा भगवान श्री विष्णुको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुक्तिनाथ मन्दिर अवस्थित छ।  मुक्तिनाथ क्षेत्रको बारेमा हिमवत्खण्डमा पुराणमा वर्णन गरेको पाइन्छ।  पौराणिक मान्यता, लोककथा तथा किंवदन्तीअनुसार ब्रह्माजी स्वयं होता बनेर यज्ञ गर्नु भएको, शिवजीले अग्नि स्वरूप धारण गर्नु भएको र विष्णुजीले पानी रूप धारण गर्नु भएको भन्ने मान्यता छ।

अर्को तर्फ राक्षसराज जालन्धरकी पत्नी वृन्दाको श्रापबाट भगवान विष्णु शिलाको रूप धारण गर्दै शालिग्राम बनेर यस क्षेत्रमा उत्पन्न हुनु भएको भन्ने विश्वास रहि आएको छ।  पवित्र दामोदर कुण्डबाट उत्पन्न हुने कालीगण्डकी सेरोफेरोमा प्रसस्त मात्रामा शालिग्रामहरू अहिले पनि पाईन्छन्।  यस क्षेत्रमा भगवान …

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अमेरिका जुलाई देखि पुनः संस्थामा सामेल हुने बताएको छ। संयुक्त राष्ट्र संघको संगठन आबद्ध भएसँगै अमेरिकाले आफ्नो अघिल्लो ६० करोड डलर पनि दिनेछ। प्यालेस्टाइनलाई सदस्यका रूपमा स्वीकार गर्ने युनेस्कोको कदमको विरोधमा अमेरिका करिब १० वर्षअघि युनेस्कोबाट बाहिरिएको थियो।

अमेरिकाले चीनको बढ्दो प्रभावलाई रोक्न पुनः युनेस्कोमा फर्कने मन बनाएको बताइन्छ। युनेस्कोमा अमेरिकाको अनुपस्थितिमा चीनले आर्थिक सहयोग र सहयोगी राष्ट्रहरूको शक्ति बढाएर आफ्नो प्रभाव बढाउँदै आएको छ। जसका कारण युनेस्कोको नीतिमा चीनको हस्तक्षेपको खतरा उत्पन्न भएको छ। यसपछि प्रजातान्त्रिक देशहरूको सल्लाहमा अमेरिकी सरकारले युनेस्कोमा पुनः सामेल हुने निर्णय गरेको बताइन्छ।

अमेरिकी उपविदेशमन्त्री रिचार्ड …

१० वर्षपछि अमेरिका पुनः युनेस्कोमा सामेल हुँदै
0 comment
0 FacebookTwitterEmail

महाभारत कालका विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सौवीर देश (महाभारत कालमा सिन्धु नदीको आसपास क्षेत्रको एक देश) का प्रसिद्ध महारथी राजा शत्रुञ्जयले राजाका गुणका बारेमा सोधेका थिए। ऋषि कणिकले पनि त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  तीमध्य केही निम्नानुसार छः

बुद्धिमान राजा फूलले ढकमक्क फुलेको तर फल नलाग्ने रुखजस्तो,  फल लागेको भए पनि फल नपाक्ने खालको,  पाकेमा टिप्नै नसकिने खालको र खानै नहुने नमिठो खालको जस्तो हुनुपर्छ। राजाले शत्रुको अपेक्षा कहिल्यै पूरा नगरोस्। उसले काम गरेमा पनि ढिलो गरोस्। तर सधैँ म त त्यही काममा व्यस्त छु भनेर झुलाओस्।

शत्रुसँग सधैँ

0 comment
0 FacebookTwitterEmail

यो वर्षको पाँच महिनामा (२०२३ जनवरीदेखि मेसम्म) ४ लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सोही अवधिमा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या ३ लाख ६२ हजार ५६ थियो । गत वर्षेभन्दा १ लाख ८ हजार चार सय ८६ ले बढी भएको बताइएको छ।

यो वर्षको मे महिनासम्म ६७ देशका ३४ हजार ४ सय १३ जना विदेशी, ३ लाख २४ हजार २ सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । यस्तै, गत वर्ष २ हजार ६ सय ८७ राहदानी लिएका, दुई लाख ८९ …

५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
0 comment
0 FacebookTwitterEmail

कणिक नीति, कणिक ऋषिले प्रतिपादित गरेको नीति। व्युत्पत्तिमूलक नेपाली शब्दकोश (नीलमणि ढुङ्गाना—२०७५) ले कणिकको अर्थ यस्तो लेखेको छ —राजनीति तथा अध्यात्म विषयका विशेषज्ञ एक मुनि। पाण्डवको उत्कर्ष देखेर चिन्तित धृतराष्ट्रलाई यिनले उपदेश दिएका थिए( महाभारत, आदिपर्व अध्याय १३९)।

महाभारतको आदिपर्वको  १३९औँ अध्याय (गीताप्रेस संस्करण) मा कणिकले महाराजा धृतराष्ट्रलाई कूटनीतिक उपदेश दिएका छन्। युवराज पदको अभिषेकपछि युधिष्ठिरमा बुद्धि, शौर्य, धैर्यता, दयालुपन, नम्रता, स्थिरता र जनताप्रतिको अविचल प्रेम बढ्दै गयो। हस्तिनापुरबासी तथा सम्पूर्ण भारतवर्षले युधिष्ठिरमा दिवंगत महाराज पाण्डुको झझल्को महसुस गर्न थालियो। युवराज युधिष्ठिरको शील, सदाचार र विचारशीलबाट जनतामा प्रभाव पर्न थाल्यो।

भाइ भीमसेनले श्रीकृष्णका दाजु बलरामसँग खड्ग, गदा र रथयुद्धको विशिष्ट …

0 comment
0 FacebookTwitterEmail

बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु भएको छ। व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैछ। केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु भएको हो।

भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताउनुभयो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिँदैछन्।

कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर–पिपल, ढुंगेधारा, पोखरी आदि …

वसन्तपुरको कामाख्या मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु, भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved