Home » साहित्य/कला/संस्कृति » Page 4
Category:

साहित्य/कला/संस्कृति

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।…

0 comment
0 FacebookTwitterEmail

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।

धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउनुहुन्छ । जेसिका …

0 comment
0 FacebookTwitterEmail

महाभारतमा ठाउँ ठाउँमा शकुनि जसरी हुन्छ युद्ध होस् र बहिनीको बदला समयले लिओस् भन्ने उल्लेख पाइन्छ। त्यसैले युद्धका पक्षमा मात्र शकुनि देखिन्छन्। तर यथार्थमा युद्ध त सबैलाई चाहिएको थियो ……..

भावी युद्धको तयारी भनेको नै दोहोर्‍याएर गरिएको द्यूतक्रीडा थियो। यदि पाण्डवहरू तातेनन् भने युद्ध अवश्यम्भावी थिएन। तर नियतिको खेल कस्तो रह्यो भने विश्व प्रसिद्ध लडाकु पाण्डवहरू मत्स्य देशमा लुकेर बस्नु परेको अवस्था थियो। भोलिको दिनमा हुनसक्ने युद्धका बारेमा सोच्दासोच्दै सैरन्ध्रीलाई चीरहरणको प्रसङ्ग झल्याँस्स सम्झेकी हुन् र उनले कसरी बिर्सिन्थिन् र त्यो कालो क्षण जसले उनको अहममा चोट पुर्‍याएको थियो र कौरवहरूको सत्यानास गर्ने भीमको प्रतिज्ञाले राजसभा गुन्जिएको थियो—म धृतराष्ट्रका सय …

0 comment
0 FacebookTwitterEmail

गान्धार नरेश शकुनि धृतराष्ट्रको परिवार समाप्त होस् र आफ्नी बहिनी गान्धारीमाथि भएको अन्यायको बदला लिन सकियोस् भन्ने खोजीमा थिए………

पाण्डवहरू पहिले नपुगेका अन्य देशहरू पनि थिए अज्ञातबासका लागि तर मत्स्यदेश नै छान्ने छलफलमा द्रौपदीको तर्क “ठुलो दरबारमा लुकेर बस्न सजिलो हुन्छ र हामी सबै नै दरबारका विभिन्न क्षेत्रमा काम गर्ने निहुँमा अटाउने छौँ” भन्ने थियो। कङ्कका रुपमा युधिष्ठिर महाराज विराटसँगै व्यस्त रहन्थे भने बल्लभचाहिँ भान्सामा सतर्कताका साथ व्यस्त हुने गरेका थिए। अर्जुन भने बृहन्नलाका रुपमा रनीबासमा, खासगरी राजकुमारी उत्तरालाई सङ्गीत र नृत्य सिकाउनु पर्ने भएकाले सामान्यतया अरुसँग भेट हुने अवसर कम हुन्थ्यो। झन किशोरी अवस्थामा प्रवेश गरेकी राजकुमारी उत्तरा अलि …

0 comment
0 FacebookTwitterEmail

पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिए ।

उनको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो ।

“सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागि सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट …

0 comment
0 FacebookTwitterEmail

आज बिहान मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष …

0 comment
0 FacebookTwitterEmail

यसरी पाण्डवहरू र द्रौपदी अज्ञातबासका लागि मत्स्य देशको राजधानी विराटनगरमा प्रवेश गरे र दरबारमा सहजताका साथ भूमिगत हुन सके। तर डर सधैँ के रह्यो भने कसैले थाहा पाउने पो हुन् कि? हस्तिनापुरबाट गुप्तचरहरू आएर पत्ता पो लगाउने हुन् कि? द्रौपदीको प्रत्युत्पन्न मतिको परिणामस्वरूप विराटनगरमा उनीहरू समाहित भए र आपसमा भेटघाट कसरी गर्ने र आवश्यक छलफल गर्ने भन्नेमा भने अन्यौल नै देखिएको थियो ……..

युधिष्ठिर अर्थात् कङ्क जसले महाराज विराटलाई मनोरञ्जन गराउनका लागि पासा खेलाउने जिम्मा लिएका थिए भने पनि उनको रक्षाका लागि भीम सदैव सचेत रहन्थे। अर्जुनको समस्या के थियो भने उनी बृहन्नला भएर रनीबासमा बस्दा अन्य कुरामा चासो लिन …

0 comment
0 FacebookTwitterEmail

करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृति प्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए ।

“बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो”, उनले भने, “बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् ।”

प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएका पुनले बताए । शनिबार …

0 comment
0 FacebookTwitterEmail

लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।

प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ) सिङ्चांगो याम्चांगो (धसिंगरे) ते लासे (केरा) लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्ला अग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।

पार्कमा मुन्धुमी सभ्यता प्रतिबिम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए …

0 comment
0 FacebookTwitterEmail

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदै छन् ।

आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।

उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved