चीनमा एक महिनादेखि ‘गायब’ भएका चिनियाँ विदेशमन्त्री क्विन गाङ मंगलबार बर्खास्त हुनुभएको छ। उहाँको ठाउँमा वाङ यी नयाँ विदेशमन्त्री नियुक्त हुनुभएको छ। वाङ यसअघि पनि १० वर्षसम्म विदेशमन्त्री बनिसक्नुभएको छ।
किन गाङ २०२२ डिसेम्बरमा विदेशमन्त्री बनेका थिए । यसैगरी सरकारले केन्द्रीय बैँकका गभर्नर यी गाङलाई पनि हटाएको छ । उहाँको स्थानमा पेन गोङसेङ आउनुहुने बताइएको छ।
बीचमा कतिले गाङ टिभी एंकर जियोतियानसँग प्रेमसम्बन्धमा रहनुभएको र त्यही कारणले उहाँलाई हटाइएको भनेका छन्। जितोतियान अहिले चीन छोडेर अमेरिका पुग्नुभएको दाबीसमेत गरिएको छ। गाङ २०२२ मा अमेरिकाका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो। जितोयिनले उहाँको अन्तर्वार्ता लिनुभएको र त्यहीबेलादेखि दुवैबीच प्रेम सुरु भएको पनि केही पश्चिमा मिडियाले उल्लेख गरेका छन्। गाङसहित जियोतियान पनि टिभी स्क्रिनबाट गायब हुनुभएको छ। २५ जुन पनि उहाँको सार्वजनिक झलक देखिएको छैन। क्याम्ब्रिजबाट स्नातकोत्तर गर्नुभएकी उहाँ चीनकी महँगी टिभी एंकर मानिनुहुन्छ।
बेलायती अखबार ‘डेली मेल’ ले गाङ–जियोतियानको सम्बन्ध मार्च २०२२ मा सुरु भएको लेखेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि उच्च अधिकारीको व्यक्तिगत जीवन र शारीरिक स्वास्थ्यस्थितिबारे कडा निगरानी राख्दै आएको छ। उदाहरणका रूपमा राष्ट्रपति सी जिनपिङलाई नै लिन सकिन्छ। उहाँले खोप लगाएको खबर गत वर्ष जुलाईमा मात्र सार्वजनिक गरिएको थियो। यो खबर सार्वजनिक भएसँगै शीर्ष नेतृत्वले घरमै बनेको भ्याक्सिन (खोप) लगाउँछन् भने आमधारणा चिरेको थियो।
चीनमा उच्च र क्षेत्रीय अधिकारी अचानक सार्वजनिक रूपमा गायब हुनु कुनै आश्चर्यको विषय रहेन। सीको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत यो नियम सामान्यजस्तै बनिसकेको छ। भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै केही शक्तिशाली व्यक्तिसमेत परिसकेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
