सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ। जथाभावी फोहोर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।
सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताउनुभयो।
यता वडाध्यक्ष शाहले भने आफूसँग राजनैतिक प्रतिशोध साँधिएको बताउनुभएको छ। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहोर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनैतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताउनुभएको छ।
महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुस दोस्रो सातादेखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहोर फाल्नेलाई जरिवाना गरी कारबाही गर्दै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
