बेलायतको म्यानचेस्टर क्राउन अदालतले ७ नवजात शिशु मार्ने नर्सलाई न्यायाधिश जस्टिस गसको इजलासले जन्मकैदको सजाय सुनाएको छ ।
लुसी लेटबी नाम गरेकी नर्सलाई काउटेन्स अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्यामा दोषी पाइएको थियो । सातै शिशुलाई उनले भिन्दाभिन्दै तरिकारले मारेकी थिइन् । यस्तै ६ शिशुको हत्या प्रयाससमेत गरेकी थिइन् ।
सन् २०१५ देखि जुन २०१६ सम्म लेटबीले घटना घटाएकी थिइन् ।
अचम्म लाग्ने विषय के भने सरकारी अधिवक्ताहरूले ९ महिना लगाएर गरेको सुनुवाइमा लुसीले बच्चाको हत्या किन गरिन् भन्ने स्पष्ट रुपमा बताउन सकेका छैनन् ।
न्यायाधीश गसले पीडितहरूको बयानको कपी नर्स लुसीलाई सुम्पिने आदेश दिनुभएको छ । यही बयानमा आधारित रहेर अदालतले फैसला गरेका हो ।
द गार्जियनको रिपोर्टअनुसार लुसी जुन खालको आपराधिक काम गरेकी छिन् बेलायतको आधुनिक इतिहासमा छैन । आजीवन जेलमा समय बिताउने लुसी बेलायतकी तेस्रो महिला हुन् । अदालतको यो सजायपछि अब लुसीको मृत शरीर मात्रै जेलबाट बाहिर निस्कनेछ ।
बेलायतको आपराधिक कानुनमा दोषीले समयभन्दा अगाडि नै रिहाइ पाउन सक्ने केही कानुन छन् । मानसिक स्वास्थ्य र गम्भीर बिरामी भएका कैदीलाई रिहा गरिएका उदाहरण पनि बेलायतमा छन् ।
निसानामा जुम्ल्याहा बच्चा
अदालतको फैसलामा भनिएको छ, ‘सबै हत्या सोचविचार गरेर गरिएका हुन् । लुसी स्वयं जुम्ल्याहा या बढीभन्दा बढी बच्चा राख्ने सेक्सनमा ड्युटी गर्न चाहन्थिन् । यीमध्ये धेरैजसो गम्भीर बिरामी थिए । लुसी बेलायती इतिहासकै खतरनाक चाइल्ड किलर हुन् । उनले गरेको दुष्कर्मको बयान गर्न कठिन छ । यिनको यही दुष्कर्मले कति परिवारको जीवन सधैंका लागि कष्टमा बिताउनुपर्नेछ ।’
दुईपटक रिहा
लुसीलाई ७ नवजात शिशुको हत्या र ६ शिशुको हत्या प्रयासमा दोषी पाइएको थियो । उनीमाथि २०२२ अक्टोबरदेखि मुद्दा चलिरहेको थियो । हत्या भएका शिशु कि त अत्यधिक बिरामी थिए कि भने समय नपुगी जन्मिएका थिए ।
२०१८–२०२० बीच उनलाई तीनपटक गिरफ्तार गरियो। दुईपटक छुटिन् पनि । २०२० नोभेम्बरमा लुसीमाथि आरोप तय भयो । उत्तरी इंग्ल्यान्डमा म्यानचेस्टर क्राउन अदालतको जुरी २२ दिनसम्म छलफल गरेपछि फैसलामा पुग्यो ।
सरकारी वकिल निक जोन्सन भन्नुहुन्छ, ‘लुसी सहयोगीलाई शिशुको मृत्यु बिरामीका कारण भएको हो भन्ने विश्वास दिलाउँथिन् । उनी बच्चालाई नुहाउन, लुगा लगाइदिन र तस्बिर खिच्न प्रस्तुत गर्थिन् । साथै प्रत्येक बच्चाको मृत्युमा निकै खुसी हुन्थिन् ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
