इजरायल–हमास युद्ध सुरुको भएको मंगलबार ११ दिन भइसकेको छ। हमास सैन्य प्रवक्ता अबु ओबेदाले आफ्नो नियन्त्रणमा करिब २५० जना रहेको बताउनुभएको छ। यीमध्ये पनि विदेशी नागरिक आफ्ना पाहुना भएको र स्थितिमा सुधार आए उनीहरुलाई छाड्ने उहाँको भनाइ छ।
ओबेदाले गाजामाथि इजरायलको थल कारबाहीले नडर्ने पनि बताउनुभएको छ।
यता इजरायलको सुरक्षा फोर्सले भने लेबनानमा हिजबुल्लाहको अड्डामा आक्रमण गरेको बताएको छ। सोमबार मात्रै इजरायली संसद्मा विशेष सेसन पनि भएको थियो। उक्त सेसनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगसँगै हिजबुल्ला र इरानलाई पनि चेतावनी दिनुभएको छ।
नेतन्याहूले हमासँगको युद्ध अँध्यारो र उज्यालोबीच (झम्के साँझ) को युद्धझैं भएको बताउनुभएको छ। ‘हामी दुस्मनलाई यति मात्रै भन्छौँ, इजरायलमाथि कब्जा गर्ने गल्ती नगर। नत्र यसको परिणाम निकै खराब हुनेछ,’ उहाँको भनाइ थियो।
इजरायल–हमास युद्धबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा युद्ध अगाडि बढ्न नदिन रुसले आवश्यक कदम उठाउने छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
बाइडेनको यात्राले ठूलो हमलामा ढिलाइ
इजरायली सेना थल कारबाहीको तयारीमा छ। उसले सरकारको हरिया झन्डा पर्खिएको छ। यता मंगलबार बिहान अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले १८ अक्टोबरमा राष्ट्रपति जो बाइडेन इजरायल जाने घोषणा गर्नुभएको छ।
न्युयोर्क टाइम्सका अनुसार बाइडेनको यात्राका कारण इजरायलले थल हमला गर्न ढिलाइ हुन सक्छ। ७ अक्टोबरपछि इजरायलले गाजामाथि निरन्तर बमबारुद बर्साएर जवाफी कारबाही गरिरहेको छ। साथै, यो कारबाहीलाई थप अगाडि बढाउँदै गाजा क्षेत्रमा प्रवेश गर्ने निर्णय पनि इजरायलले गरेको छ। यसको उद्देश्य हमासका कमान्डरलाई सिध्याउनु रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
