पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।
सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।
पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँले भन्नुभयो, “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताउनुभयो ।
घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।
अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको छ ।
आइतबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पोखरालाई फोहरबाट हरित रोजगारी सिर्जनाका लागि ९८ लाख डलर
- नयाँ शब्दजालमा नीति तथा कार्यक्रम
- न्यायमा पहुँचका लागि अनलाइन सर्वोच्च अदालत
- तालाभीत्र झण्डै २० हजार केजी रक्तचन्दन
- किन मरे आँधीमूलका माछा?
- प्रख्यात इतिहासकार ज्ञानमणि नेपालको निधन
- दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत: महालेखा नियन्त्रक कार्यालय
- आँधीका कारण भारतमा १४ जनाको मृत्यु
- पोखरीमा सङ्कलित पानीको भरमा खेती, अन्नबालीभन्दा सागसब्जीमा आकर्षण
- दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएको रिट खारेज, फैसलामा के छ ?