गाजा र पश्चिम किनारमा एकल प्यालेस्टिनी सरकारका लागि खुला: हमास प्रमुख हानियेह

हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको बताउनुभएको छ । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।

“हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ”, उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजय भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण गरेको छ । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ ।

हमास र इजराइलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजराइलले हमासलाई सखाप पार्ने वाचा गरेको छ ।

अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ तर अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ ।

अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उहाँले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गर्नुभयो । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजराइलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।

धेरै विवरण नदिई हानियेहले भन्नुभयो, “शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।” गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link