संयुक्त राष्ट्रसंघले सोमबार गाजामा जारी युद्धमा मारिएका पत्रकारहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । हालै अल जजीराका दुई पत्रकारहरू इजरायली हमलामा मारिएका थिए। गाजामा मिडियाकर्मीहरूको बढ्दो आक्रमण र मृत्युबाट अत्यन्त चिन्तित रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघले ट्वीट गर्दै यस बारे चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले यस्ता घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरिनुपर्ने धारणा व्यक्त गरेको छ ।
६४ पत्रकारको मृत्यु
‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’का अनुसार, ७ अक्टुबरमा हमास तथा इजरायलका बीचमा युद्ध सुरु भएयता अहिलेसम्म अब्बू दक्कासहित ६४ जना पत्रकार मारिएका छन्। मारिएका पत्रकारमध्ये सबैभन्दा बढी ५७ जना प्यालिस्टिनी छन्। यस्तै, ४ जना इजरायली र ३ जना लेबनानी छन्।
अल जजीराले आफ्नो एउटा बयानमा आफ्ना पत्रकार तथा उनका परिवारका सदस्यलाई योजनाबद्ध रुपमा निशाना बनाउने तथा उनको हत्या गर्नका लागि इजरायल जिम्मेवार रहेको बताएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
