यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बताएको छ ।
तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।
सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ । इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढ्यो ।”
सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको सोमबारको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिन्छ र एउटा बख्तरबन्द गाडी निर्जीव शरीरमाथि विस्तारै गुडेको देखाइएको छ ।
सवारी फेरि रोकिन्छ र फेरि गुड्दै आफ्नो पछाडिको चक्काले शरीरलाई पुनः कुल्चँदै अगाडि बढ्छ । सोही क्यामेरबाट लिइएको अन्य फुटेजमा इजराइली बल र लडाकू समूहबिच गोलाबारी भएको देखाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
