पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ ।
अदालतले यसै सम्बन्धमा पूर्वप्रधानमन्त्री खानकी पत्नीको मुद्दालाई पनि रोकिदिएको छ ।
पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उहाँ जेलमुक्त भने हुनुहुने छैन ।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गर्नुभयो ।
उहाँका अनुसार जिल्ला अदालतले ‘सीमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ ।
पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री र उहाँको पार्टी पिटिआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युद्धपछि गाजामा कुपोषण: मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
- पाहुनाको कुरिरहेको मुस्ताङको स्याङगाउँ
- देशभर मनसुनी वायुको प्रभाव यथावत
- मानव बेचबिखनको शैली फेरियो : ‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् ’
- केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
- आशा जगाउँदैछ कृषि औजार कारखाना
- हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
- प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस
- दलालको फन्दामा परेर बेचिएका चेलीहरु जो उद्धारपछि बन्दैछन् आत्मनिर्भर
- यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन