अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै आज (बुधबार) थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको आयोगको प्रवक्ता नरहरी घिमिरेले बताए ।
कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।
थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
- विश्वकै ठूलो बाँध बाँध्दै थ्रीगर्जेज भन्दा ३ गुणा बढी बिजुली निकाल्दै चीन
- रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
- प्रकृति र संस्कृतिको संगम फलामेडाँडा
- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
- क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो
- पाँच महिनामा २५ हजार जना बढीले घुमे गोसाइँकुण्ड र लाङटाङ
- शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
- रेल चालकको आत्महत्याले फ्रान्समा रेल सेवा अवरुद्ध