अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।
यसअन्तर्गत रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर सहायता उपलब्ध गराइनेछ । केही समयदेखि अमेरिकी सहयोग रोकिँदा युक्रेन समस्यामा पर्दै आएको थियो ।
यसैगरी यो प्याकेजअन्तर्गत इजरायललाई २६ अर्ब र गाजामा मानवीय सहायताका लागि ९ अर्ब डलर उपलब्ध गराइनेछ भने एशिया प्रशान्त क्षेत्रमा ८ अर्ब डलर दिइनेछ । एशिया प्रशान्त क्षेत्रमा दिइने सहायता चीनसँग टक्कर लिइरहेको ताइवानमा केन्द्रित रहनेछ ।
सहायता प्योकज पारित भएपछि प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले प्याकेजले अमेरिकालाई अझै धनी बनाउने र युक्रेनमा थप मानिस मारिने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने अमेरिकालाई धन्यवाद दिँदै लोकतन्त्र र स्वतन्त्रताको सदा वैश्विक महत्व रहने र अमेरिकाले सधैं यसको रक्षा गर्ने बताएका छन् । यो सहायताले युद्ध फैलनबाट रोक्ने र हजारौं मानिसको ज्यान जोगाउने उनको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चल्ला कोरल्न राप्तीबाट ल्याइयो घडियालका २४७ अण्डा
- के छ स्टार्टअप नीतिमा?
- एकै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश
- ढाकामा रमाउँदै रितु थापामगर
- ‘इकोली’ ले माछा मरेपछि आँधीमूलमा क्षमापूजा
- डढेलोका घटनाः चैतमा १४२४ र वैशाखमा ३२७०
- स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमका लागि १३ मिलियन यूरो
- उच्च रक्तचाप रोग नभएर रोगको कारक
- ‘ड्रोन’ले धपाउला त हात्ती?
- देश विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण क्षेत्र विद्युत्: प्रधानमन्त्री